बाल क्लव यात्रा कि एउटा यात्री लक्ष्मी खत्री, मुसिकोट खलंगा रुकुमपश्चिम कि लक्ष्मी खत्री, एस.ई.ई. उर्तिण भइन् अहिले, वर्ष १७ कि लक्ष्मी, सानै उमेरदेखि बाल क्लवमा आबद्ध छिन् । लक्ष्मी अहिले प्रदेश स्तरीय बाल क्लव सञ्जाल कर्णाली प्रदेशको सदस्य छिन् ।
स्कुलको बाल क्लवदेखी नगरस्तरिय संजालबाट फट्को मार्दै, प्रदेश स्तरीय बाल क्लव संजालमा जोडिइन् । मनमा केहि गर्ने हुटहुटी बोकेकी लक्ष्मी कणाली प्रदेश स्तरीय बाल क्लव संजालमा जोडिएपछि, उनको आत्मविश्वासले वढ्नुका साथै, बोल्ने कलाको पनि विकास भयो । समान्य परिवारमा संर्घष गरेर हुकिएकी लक्ष्मी राष्ट्रसेवक बन्ने सोचमा छिन् । उनी आफनो समस्या मात्रै होईन अन्य बालवालिकाहरुको समस्या पनि खुलेर सरोकारवालाहरुसंग राख्ने सक्ने भएकिछन् । बाल क्लवमा नै आवद्ध भएर यो सब कसरी सम्भव भयो त उनै लक्ष्मी खत्रीसंग गरिएको कुराकानी प्रस्तुत गर्दछौं ।
मेरो नाम लक्ष्मी खत्री हो, म स्थायी ठेगाना बाँफिकोट गाँउपालिका ७ नाग्ममा पर्छ । म सानै उमेरदेखि मुसिकोट नगरपालिका १ खलंगामा बस्छु । अहिले म कर्णाली प्रदेश स्तरीय बाल क्लव सञ्जालको सदस्य छु, म मुसिकोट नगर स्तरीय बाल क्लव सञ्जालको सचिव पनि हुँ । बाल क्लवमा आवद्ध भएको ३ वर्ष जती भयो । पहिला म गाउँको बाल क्लवमा आवद्ध थिए, पछि नगरको सञ्जाल हुदै, प्रदेशमा गएको करिव २ वर्ष जस्तो भयो ।
पहिला बाल क्लव भन्ने केही थाहा थिएन, एउटा बैठकमा बसेको थिए, भित्रैदेखि उर्जा जागेर आयो । बालबालिकाको क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो । पछि हामीले हाम्रो विद्यालय त्रिभुवन जनता माध्यामिक विद्यालयमा पनि बाल क्लव गठन ग¥र्यौ । गाँउगाँउमा पनि पुगेर बाल क्लव गठन ग¥र्यौ । पहिला बाल क्लवमा भएर पनि धेरै कुरा जाने कै रहेन छु मैले पछि, बाल अधिकारका लागि साझा अभियान (सि.सि.आर कर्णाली) ले हामीलाई सुर्खेतमा बोलायो, तीन दिनको तालिम पनि भयो । कर्णाली प्रदेशका दशै वटा जिल्ला बाट साथीहरु आउनु भएको थियो । अनि त्यसपछि धेरै कुरा थाहा भयो सिक्ने अवसर मिल्यो, बाल अधिकारको बारेमा जान्ने सुन्ने मौका पाएँ ।
सेभ द चिडे«न संगको सहकार्यमा बाल अधिकारका लागि साझा अभियान (सि.सि.आर कर्णाली) ले कर्णाली प्रदेशका दशै जिल्लाका बालबालिकाहरुलाई समावेश गरेर प्रदेश स्तरीय बाल भेला ग¥यो । बाल भेलामा लक्ष्मीको सकृय सहभागिता रहयो । फलस्वरुप उनी घर फर्किएपछि स्कुलमा बाल क्लव पनि गठन गरिन् ।
सुर्खेतबाट फर्किएपछि हाम्रो स्कुल त्रिभुवन जनता माध्यामिक विद्यालयमा पनि बाल क्लव पुर्नगठन ग¥र्यौ । हेड सर संग कुरा गरे, बाल क्लवको महत्वको वारेमा जानकारी गराउनुको साथै, यसले विद्यार्थी को क्षेमता विकास राम्रो हुन्छ भने, सरले पनि हुन्छ भन्नु भयो, बाल संरक्षण सरले पनि सहयोग गर्नुभयो । शुक्रवारको दिन थियो सवै कक्षा कोठामा गएर बाल क्लव गठनको वारेमा जानकारी गराए, साथिहरुवाट सुरुमा त किन केका लागि भन्ने जस्ता प्रश्न पनि आए, मैले हाम्रौ हितका लागि, हाम्रो अधिकारका लागि, क्षमता विकासका लागि भनेर भने । पछि साथिहरु थामि नसक्नु आउनु भयो, धेरै साथिहरुको समुहमा वस्ने रुचिले सुरुमा गठन गर्न नै गाह्रो भयो । पछि गठन पनि भयो ।
उनले स्कुलमा मात्रै है न सिंगो नगरपालिका भरी यो अभियान चलाउन थालिन् । जलवायूपरिवर्तनको असर वढेकाले उनले विक्षारोपन गर्ने, सरसफाई अभियान चलाउने, बालविवाह न्यूनिकरण गर्ने लगाएतका कामहरु गर्न थालिन ।
हाम्रो नगर क्षेत्रको बालवालिकाहरुको लागि नगरले काम गर्नु पर्छ भनेर ध्यानाक्रसण पत्र मुसिकोट नगरपालिकाको मेयरलाई पनि बुझायौ । बजेट पनि छुट्टाइदिनु भयो । हामीले स्कुल स्कुलमा पनि बाल क्लव गठन पनि ग¥यौं । हाम्रो रुकुम गर्मिहुने ठाउँ हैन तर पनि हिजो आज गर्मि धेरै नै बढेको छ । पहिला यहाँ नजिक पनि ठुला ठुला पानीका मुहानहरु थिए तर अहिले पानीका मुहानहरु पनि सुक्दै गैरहेको छ, जंगलहरु फडानी भैरहेको छ । बाटोघाटो वनाउने निउले रुखहरु काटिएको छ । त्यसैले अव हामी खाली ठाँउमा रुखहरु लगाउन चाहान्छौ । सरसफाईको क्षेत्रमा पनि काम गर्ने सोच छ । मानिसहरुमा जनचेतनाको कमि छ, नगरपालिकाले डस्टविन दिएको छ तरपनि मान्छेहरु त्यहाँ फोहोर फाल्दैन, कुहिने नकुहिने छुट्याउदैनन् । बालविवाह वढेको छ बालविवाह रोक्नु छ, कति बाल विवाह त हामीले रोकेका पनि छौ । लागुऔषध दुव्र्यसनीको पनि काम गर्नु पर्ने छ । पछिल्लो समय मोवाइल तथा इन्टरनेटको कारण बालबालिकाहरु दुव्र्यवहारमा परेका धेरै घटनाहरुपनि छन् त्यसलाई पनि न्यूनिकरण गर्नु छ ।
समाजमा गर्नु पर्ने थुप्रौ कामहरु लक्ष्मी सुनाउँदै गईन हामी सुनि ¥यौ । यति सानो उमेरमा देश र समाज प्रतिको चिन्ता र चासो देखेर हामीलाई परिवार बुझन् मन लाग्यो । अपांगता भएको वुवा र आज पनि पराईमुलुकमा काम गरेर छोराछोरी पढाउने र हुर्काउने आमालाई सलाम गर्न मन लाग्यो ।
परिवार हाम्रो सामान्य नै हो, आमा कामको सिलसिलामा इन्डिया जानुभएको छ । आमा कै कमाईले हामीले पु¥याउनु पर्ने हुन्छ । बुवा ८ वर्ष इन्डीयामा नै नथाहा पाएर भरिया भएको अवस्थामा लागु औषध ओसार पसारमा जेलमा बस्नु भयो । उहाँले यस्तो काम कहिलयै गर्नुभएन तर, अन्य मान्छेहरुले उहाँलाई फसाईदिएका हुन् । उहाँको जन्मजात नै पोलियो भएर एउटा खुट्टा सानो छ । आजभोलि बुवा यतिकै बस्नु हुन्छ । चार जनाको परिवार हो तर पनि हामीलाई आमाको कमाई मुस्किलले पु¥याउनु पर्ने हुन्छ । जिवन संघर्ष नै छ तर पनि भविष्यमा निजामति क्षेत्रमा जाने विचार गरेको छु ।
त्यति मात्र हैन लक्ष्मीको कला क्षेत्रमा पनि त्यतिकै लगाव छ । उनकै कलाले चिटिक्क श्रृगारीएको उनको कोठाले हाम्रो मननै लौभ्यायो । चित्र कला संग संगै पेन्टीङ्ग पनि त्यतिकै आकर्षक थियो, उनले क्रे आट पनि गर्ने रहेछिन, अति सुन्दर अनि आर्कषक क्रे आट हामीलाई देखाईन । लक्ष्मी आफुमात्र हैन आफुले जानेका कुराहरु साथीहरुलाई पनि सिकाउने गर्छिन । साथिहरु पनि लक्ष्मीको अभियानलाई खुलेर साथ दिरहेका छन् ।
मेरो नाम कृष्णा के.सि. । लक्ष्मी मेरो एकदमै मिल्ने साथी हो । हामीसंगै पढ्छौ, उनले बाल क्लवको बारेमा हामीलाई सिकाउँछिन् । तामिल लिएको कुरा सबै सिकाउँछिन् । हामीले मिलेर स्कुलमा शुक्रवारीय कार्यक्रमहरु पनि गर्छौ । विभिन्न अभियानहरुमा पनि हामीसंगै हुन्छौ । उनको नेतृत्व विकास धेरै भैसकेको छ, उनले अवसर पाईन भने धेरै गर्न सक्छीन् ।
उनको प्रसंशामा साथीहरु मात्र हैनन् । उनी अध्ययन गर्ने त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपिराम के.सी. ले पनि उनको खुलेरै प्रसंशा गर्नुभयो ।
हामी कहाँ ४ वटा संगठनहरु क्रियासिल छन् नेपाल स्काउट, जुनियर रेडक्रस, बाल क्लव र विभिन्न सदानात्मक अभ्यास । पछिल्लो समयमा अरु ३ वटा संगठन भन्दा बाल क्लव प्रखर रुपमा अगाडि आईरहेको छ । चेतनामुलक कार्यक्रमहरु, विद्यालयमा नियम कानुन व्यावस्थापन गर्ने कुराहरु, विद्यार्थीलाई कुलतबाट जोगाउने कुराहरुमा वृक्षारोपन गर्ने कुरामा बाल क्लव असाध्द्धै अगाडि आईरहेको छ । यसमा लक्ष्मीको भुमिका राम्रो छ । पढाई लेखाईमा पनि राम्रो गरिरहेकीछन् र सामाजिक कार्यमा पनि राम्रो छ साथै साथीहरुलाई परिचालन गर्ने कुरामा असाध्द्धै राम्रो छ ।
यता वुवा पनि प्रफुल्ल हुनुहुन्छ छोरीको काम देखेर । छोरा छोरी कै भविष्यको लागि भनेर गाँउवाट सदरमुकाम आएर उनिहरुकै भविष्यको लागि भनेर आफुहरुले संघष गरिरहेको बताए वुवा भिमसेन खत्रीले ।
म लक्ष्मीको वुवा भिमसेन खत्री । यहाँ मुसिकोटमा मैले नानीबाबुहरुको पढाइका लागि मात्र बसालेको हो । हामी त इन्डियामा ज्यालामज्दुरी गर्छौं । अहिलेको समय अनुसार जे गरिरेका छन ठिकै जस्तो लाग्छ । म खुसि छु यतिको छोरीले गरेको देखेपछि सवैको वुवा आमा खुसि त भैहाल्छन् नि ।
लक्ष्मी मात्र हैन कर्णालीका घेरै बालवालिकाहरुको नेतृत्व तथा क्षमता विकासमा लागि सिसिआ कर्णाली अर्थात बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले कर्णालीमा बालवालिकाको क्षेत्रमा लामो समय देखि काम गरिरहेको छ । हाल यस संञ्जालमा ३७ वना नागरिक समाज संस्थाहरु कर्णाली प्रदेशको १० वटै जिल्लाबाट प्रतिनिधित्व भएको छ । यस सञ्जालले स्थापना देखिनै बालवालिकाहरुका सबालमा काम गरिरहेका छ । बालवालिकाहरुको प्रदेश स्थरको नेटवर्क पनि छ त्यसैको एक महत्वपुर्ण हिस्सा हुन् लक्ष्मी ।
जे होस लक्ष्मीको बाल क्लव यात्राले जिवनमा ठुलो सफलता मिलोस हाम्रो शुभकामना ।।
लेखक: अकबर खान
युग संवाददाता । सुर्खेत । १२ भाद्र २०८१, बुधबार १०:५७