चन्द्रबहादुरले ६ वर्ष उमेरमा दैलेखमा तत्कालिन नारायण पञ्चायत अन्र्तगत रहेको भाषा पाठशालामा अध्ययन शुरु गरे । त्यहि विद्यालयबाट उनले पा“च कक्षा उतिर्ण गरेका थिए । त्यसपछि चन्दननाथ निम्न माध्यमिक विद्यालय, जुम्लामा अध्ययनरत उनले भारतको देहरादुनको किसानपुर जुनियर हाईस्कुलबाट १० कक्षा उतिर्ण भए । यस पश्चात वीरेन्द्रनगर स्थित जन माविबाट एसएलसी उतिर्ण गरे ।
नारायण पञ्चायत–२ हाल दैलेखको नारायण नगरपालिका–१, कोतगढी (पुरानो बजार)मा बुबा नन्दबिर कार्की आमा गंगादेवी कार्कीका कान्छा छोराको रुपमा वि.सं. २०१५ साल कार्तिक २५ गते शुक्रवारका दिन चन्द्रबहादुर कार्कीको (बाबु काजी) जन्म भएको हो । उनका दुई आमा मध्य जेठी आमाबाट तीन भाई, दुई बहिनी र कान्छी आमाबाट समेतका नौं भाईबहिनी मध्य चन्द्रबहादुर कान्छा छोरा हुन् ।
एलएलसीपछि सुर्खेतको विजेस्वरी निमावि हरिहरपुर, पाग्मामा २०४४ सालसम्म उनले अध्यापन गराए । त्यही विद्यालयमा अध्यापन गर्दैगर्दा उनले शिक्षा क्याम्पस, सुर्खेतबाट आईएड र विएड समेत उतिर्ण गरे । लेकगाउ“बाट पनि शिक्षक पद छाडी श्री सिद्ध बहिरा बालकको विद्यालय, खजुरामा २०४४ मा स्थायी शिक्षकका रुपमा मावि तहमा अध्यापन गराउन थाले । बुबा रुपनारायण कँडेल, आमा लक्ष्मी कँडेलकी छोरी सुनीतासँग उनले विवाह गरेका हुन् । झापाको दमक नगरपालिका–६ की सुनीता कार्कीसंग उनले विवाह गरेका थिए ।
वि.सं. २०२३ देखि सुर्खेत उपत्यकामा औलो उन्मुलन हुन थालेपछि २०२४ सालमा दैलेखबाट बस्ती सरेर हालको वीरेन्द्रनगर–६, वीरेन्द्रचोक नजिक घर घडेरी बनाएका थिए । उनकी जेठी दिदी शान्ती कार्की उही समयमा दैलेखको दुल्लुका विद्यालयमा अध्यापन गर्दै सुर्खेतमा भूमिसुधार कार्यालयमा खरदार भएकी थिइन् । अविवाहित दिदी र आफुले सो घर घडेरी कमाएको उनी बताउछन् । शान्ती दिदी जिवनभर अविवाहित भई संगोल बसी २०५९ सालमा मृत्यु भएको थियो ।
सिद्ध बहिरा बालकको विद्यालयमा ३३ वर्ष ६ महिना अध्यापन गरी २०७८ सालमा उनी सेवा निवृत्त भए । उनका दुई छोरा र दुई छोरी रहेका छन् । जेठी छोरी सुधा कार्की डान्सीङ एवार्ड प्राप्त गरी हाल विवाह बन्धनमा बा“धीएर क्यानडामा रहेकी छिन् । कान्छी छोरी सुर्ती कार्की वल्र्डपावर लिफ्टिङ्ग च्याम्पिएनसिप, २०२० मा दुई वटा स्वर्णपदक प्राप्त गरिन् ।
चन्द्रबहादुरले भारतको देहरादुनमा अध्ययपन गर्दा गोर्खा सुधार समाजले नेपाली संस्कृतिक प्रतिस्पर्धा अवार्डले सम्मान समेत गरेको थियो । उनले ‘शिक्षा क्वालिटी एजुकेशन इन्टरनेशनल कन्केन्स प्रोजेक्टर’का रुपमा समेत सम्मान पाएका छन् । अपाङ्गता सम्बन्धी प्रशिक्षकका रुपमा शैक्षिक जनशक्ति विकास केन्द्रले सम्मान पत्र सहित एक दर्जन बढी सम्मान पत्र समेत उनले प्राप्त गरेका छन् ।
अहिले पनि उनको ‘डायरी’मा एक सय ५० गित रचिएका छन् । ती गितको संगालो उनले प्रकाशनमा ल्याउने तयारी गरेका छन् । कार्की परिवार हालको दैलेख नारायण नगरपालिका बजारमा व्यापार गरि बसेकाले खेतीपाती पशुपालनमा लागेन । त्यो समय उनको परिवार साहु कार्की र कला क्षेत्रमा योगदान गर्ने परिवारका रुपमा परिचित थियो । उनको घरमा राष्ट्रगुरु योगी नरहरिनाथ र दुल्लु राजपरिवारका सदस्यहरु समेत पाहुनाका रुपमा वास बस्ने गरेको उनी स्मरण गर्छन् ।
हाल वीरेन्द्रनगर–६ स्थित वीरेन्द्रचोक नजिक आफ्नै घरमा विभिन्न जातका धेरै मूल्य पर्ने कुखुरा पालन गर्नुको साथै आफ्नो भवन वरिपरि नै तरकारी उत्पादन गरी उनले अर्गानिक खाना उपयोग गर्छन् । अरुलाई पनि घरको छतहरुमा तरकारी उत्पादन गरी अर्गानिक उपभोग गर्न सकिन्छ भन्छन् ।
उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण, सुर्खेतमा लोकगीत गाउँनुको साथै ‘सिरियल’ मा सनाई रोइ रहेको भूमिका निर्वाह गरेका थिए ।
वहुदलिय प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्रको प्राप्ती पछि केहि पार्टीले समाजवादको नारा दिएर सत्तामा गएपनि आफ्नो उन्नती गरेर अकुत सम्पती आर्जन गर्ने, महिनंै पिच्छे सत्तामा जान खोजिरहेको देख्दा यस्तो प्रकारले समाजवाद आउ“दैन । स्थिर सरकारको लागि जनमतबाट कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति निर्वाचित गर्ने, संसदबाट संविधानमा राखी पा“चवर्ष सरकार नबदल्ने गरेपछि तवमात्र समाजवादतिर जाने संविधान हुन सक्छ ? राज्यशक्ती स्रोत पुगी भ्रष्ट्रचार गरी अकुत गरी कमाउने, घुस खाएको ठहर अदालतले गरे फा“सीको पनि संम्वैधानिक व्यवस्थामा राख्नु पर्छ भनि सन्देश दिन्छन ।
पृथ्वीबहादुर सिंह । सुर्खेत । १७ भाद्र २०८१, सोमबार ०८:००