सिम्ताको आलिमा सेवा प्रवाहको लागि सार्वजनिक सुनुवाइ

 

सेवा प्रवाहको विषयमा सुर्खेत सिम्ता गाउँपालिकाको वडा नं ५ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पन्न भएको छ ।
वडा सचिव दिपेन्द्र कठ्यातले वडाको गतिविधिका विषयमा रिपोर्ट प्रस्तुत गरे । विकास निर्माणकार्य,शिक्षा,स्वास्थ्य,सुरक्षा,लागुपदार्थ दुरुवेशणि र अन्य विविध विषयमा वडा अध्यक्ष मोहन चन्दले सुधार गर्दै लैजाने जनाए ।

वडा स्तरका स्थानीय, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय व्यापारी, सुरक्षाकर्मि जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियोे । गाउँपालिका अध्यक्ष ऐन वहादुर चन्दले वडा स्तरमा हुन नसकेका अधुरा ठुला योजनाहरुको गाउँपालिकाले अपन्वत्व लिने वताए । स्थानीय सरकारको समाजिक जवाफदेहीता अभिवृद्धिका लागि वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम उपस्थिति विभिन्न तह र तप्काका व्यक्तिहरु माझ सवाल जवाफ भएको थियोे ।

हेल्भटासको आर्थिक सहयोग, महिला शशक्तिकरण मञ्च नेपालको प्राविधिक सहयोग,सुशासन प्रवद्दनका लागि युवा सिम्ता सुर्खेतको सहजिकरण र सिम्ता गाउपालिका वडा नं ५ को वडा कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियोे । सार्वजनिक सुनुवाइ कार्यक्रमको शुसान प्रवद्द्नका लागि युवा कार्यक्रमका घनश्याम केसिले गरे ।

तपाईको प्रतिक्रिया