नेपालगन्जमा २६ रुपैयाँ पर्ने नुन हिमाली जिल्लामा नौ रुपैयाँ प्याकेटमा पाइन्छ । नेपालगन्ज हुँदै साविकको कर्णाली अञ्चलका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट तथा जाजरकोट, रुकुम र रोल्पा जिल्लामा पुग्ने नुन नौ रुपैयाँ प्याकेटमा पाइन्छ ।
साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जले अनुदानमा पठाएकाले हिमाली जिल्लामा नुन सस्तो भएको हो। सहुलियतमा दिइएको नुनको मूल्यभन्दा ढुवानी खर्च तीन गुणा बढी हुने गर्छ। भारतबाट नुन ल्याइन्छ । भारतको गुजरातबाट सीतापुरसम्म रेल र त्यहाँबाट ट्रकमा नुन आउँछ। त्यो नुनलाई साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जमा ल्याएर प्याकिङ गरेर ढुवानी गर्ने गरिन्छ। दशैं र तिहारलाई लक्ष्य गरेर अहिले ट्रकमा आएको नुन झार्न र प्याकिङ गर्न कर्मचारी (करार)लाई भ्याइनभ्याई छ । दशैं, तिहारजस्ता ठूला चाडबाडमा नुनको अभाव हुन नदिन कार्यालय चनाखो भएको छ ।
साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जले बाँके र बर्दिया तथा कर्णाली प्रदेशका जिल्लामा नुन पठाउने गर्छ । कर्पाेरेशनले आयो नुन २६ र न्यू शक्ति २० रुपैयाँ प्याकेटमा बेच्ने गर्छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, रुकुम र रोल्पामा उसले ढुवानी अनुदान दिइएको ‘भानु नुन’ बिक्री गर्ने गर्छ । यो नुनको मूल्य प्रतिप्याकेट नौ रुपैयाँ पर्छ। भानु नुन बजारमा बिक्री वितरण गर्न पाइँदैन । जनसंख्याको आधारमा कोटा छुट्याएर सरकारले यी जिल्लामा सहुलियतमा भानु नुन दिँदै आएको छ । भानु नुन वर्षमा ३५ हजार क्विन्टल जाने कर्पाेरेशनका प्रबन्धक मनोज चौधरीले जानकारी दिए ।
सरकारको सहुलियतले गर्दा हिमाली जिल्लामा नुन आधा बढी सस्तो छ। सरकारले नुनको मूल्य भन्दा ढुवानी खर्च बढी व्यहोर्ने गर्छ । कार्यालयका प्रमुख चौधरीले ५० लाख नुनको मूल्य पर्दा ढुवानी खर्च डेढ करोड हुने बताए । सहुलियतमा दिइएको नुन बजारमा बिक्री वितरण हुने जोखिम रहने गर्छ । त्यसका लागि कर्पोरेसनले निगरानी गरिरहन्छ ।
हुम्लामा समेत स्थलमार्गबाट नुन पठाउन थालेपछि ढुवानी खर्च केही कम भएको चौधरीको भनाइ छ । प्रतिकिलो जहाजमा एक सय ३३ रुपैयाँ परेकोमा अहिले प्रतिकिलो २० रुपैया ढुवानी खर्च भएको छ । एक जनालाई एक दिनमा चार ग्राम नुन आवश्यक पर्छ । तर, दश ग्रामसम्म खाने गरेको पाइन्छ । वर्षमा एक व्यक्तिलाई ६ किलो नुन चाहिन्छ । कार्यालयले प्रतिव्यक्ति दश किलोको हिसाबले पठाउने गर्छ ।
केही वर्षयताको तथ्यांक हेर्दा नुनको खपत घट्दोक्रममा रहेको छ । उपभोक्ताको संख्या कम हुँदा खपत कम भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४३ हजार १ सय ९२ क्वीन्टल नुन ढुवानी भएको थियो । अर्को वर्ष साढे ६ हजार क्वीन्टल नुन कम ढुवानी भयो । यो आव ०७६/७७ मा ३७ हजार ८ सय ५२ क्वीन्टल नुन ढुवानी भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ४१ हजार ६ सय २५ क्वीन्टल नुन ढुवानी भयो । आर्थिक वर्ष ०७८/८९ मा ३८ हजार २ सय ४१ क्वीन्टल, आर्थिक वर्ष २०८९/८० मा ३४ हजार ४ सय ६८ क्वीन्टल, आर्थिक वर्ष २०८०/८१ म ३७ हजार ८ सय ११ क्वीन्टल नुन ढुवानी भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार क्वीन्टल नुन ढुवानी गर्ने कोटा निर्धारण गरिएको छ ।
प्रबन्धक चौधरीले चाडबाडमा मात्रै होइन, अरु बेला पनि नुनको अभाव नहुने बताए । ‘हामीले सबै जिल्लाका डिपोमा नुन पर्याप्त राख्ने गरेका छौं, प्रवन्धक चौधरीले थपे, डिपोमा नुन कम हुने वित्तिकै फेरि पठाइहाल्छौं ।’
साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, नेपालगन्जले दशैंलाई लक्षित गरेर ६० मेट्रिक टन चिनी ल्याएको छ ।
साल्ट टे«डिङले सुर्खेतमा पु¥याएर डिलरलाई प्रतिकिलो एक सय ६ रुपैयामा चिनी दिने बताएको छ। तर, नेपालगन्जको खुला नाकाबाट भित्रिने चिनी सुर्खेतमा व्यापारीले ९५ रुपैया प्रतिकिलोमा पाइरहेको बताउँदै आएका छन् ।
युग संवाददाता । नेपालगन्ज । ९ आश्विन २०८१, बुधबार १५:४५