हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका– ३ रामका २५ वर्षिय धुव्र शाही रउक्त ठाउँ की २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घरभन्दा आधा घण्टाको दुरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरुको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरु सँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।
बुधबार बिहान ८ वजे तिर दशैँका लागि घर सजावट गर्ने सेतो (कमेरो )माटो खन्नेक्रममा ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको उनले बताए । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्यसंस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
गाेल्डेन बुढा । सुर्खेत । १६ आश्विन २०८१, बुधबार १४:४५