सम्पादकीय : चाडपर्वमा मासु खादा ध्यान पु¥याऊ

हिन्दु धर्मालम्बिहरुको ठुलो चाड बडादशैँको रौनक अहिले देशैभर चलिरहेको छ । रोजगारी, व्यापार–व्यवसाय, अध्ययन लगायतका कारण बाहिरिएकाहरु अहिले धमाधम घरतर्फ लागि रहेका छन् । दशैँ पारिवारिक भेटाघाट हुने पर्वको रुपमा पनि लिइन्छ । लामो बिदा पाइने हुँदा घर बाहिर भएकाहरु दशैँको अवसरमा फर्किने गर्दछन् । दशैँमा मासु लगायतका मिठा परिकारहरु पकाएर खाने चलन पनि छ । दशैँ नजिकिएसँगै कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मासुका लागि भेडा–च्याङ्ग्रा, खसी, बोकाहरु भित्रन थालेका छन् । अन्य समय खसीको मासु खपत हुने वीरेन्द्रनगरमा पछिल्लो समय दशैँ, तिहारमा भेडा–च्याङ्ग्राको माग बढ्दै गएको छ । हिमाल तिर औषधी पाइने पाटनमा चरेका भेडाको मासु स्वास्थ्यका लागि राम्रो मानिने स्वास्थ्यकर्मीहरु बताउँछन् । मासु पोषिलो खाना हो ।

तर, धेरै खानाले यसले हाम्रो शरीरलाई हानि पु¥याउँछ । नकारात्मक असर पर्छ । त्यसैले बिरामीले मात्र होइन स्वस्थ व्यक्तिले पनि मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । मासुबाट पूर्ण पोटिन प्राप्त गर्न सकिन्छ, जुन शरीरिक विकासका निमित्त अति नै आवश्यक हुन्छ । प्रोटिन बन्नका लागि चाहिने अमिनो एसिड मासुमा पूर्ण रुपमा पाइन्छ । मानव शरीरभित्र बन्न नसक्ने तर, खानाबाट प्राप्त गर्नुपर्ने १० वटा एअमीनो एसिड हुन्छन् । त्यो मासुबाट वा जनावर स्रोतबाट पूर्ण रुपमा प्राप्त गर्न सकिन्छ । मासु प्रोटिनको मुख्य स्रोत हुँदा हुँदै पनि धेरै खायो भने शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढ्दै जान्छ । आवश्यक रुपमा खायो भने यसले पोषण प्रदान गर्छ । अनावश्यक रुपमा खायो भने नकारात्मक असर पु¥याउँछ । यति मात्रै होइन मासु बढी खायो भने विभिन्न रोग लाग्ने जोखिम पनि उत्तिकै रहन्छ ।

चाडपर्वमा मात्रै होइन अन्य सयममा पनि मासुका लागि खरिद गरिने पशुपन्क्षी स्वस्थ रहे नरहेको निक्र्यौल गर्नुपर्ने हुन्छ । चाडपर्वमा मासुका लागि प्रयोग गरिने पशुपन्छीमा रोग लागेका तथा संक्रामक रोग फैलिएका क्षेत्रबाट आएका पशु वस्तुहरुको प्रयोग गर्नु मानव स्वास्थ्यका दृष्टिकोण हानिकार हुन्छ । बाहिरी जिल्लाबाट आउने भेडा, च्याङ्ग्रा, खसी, बोका तथा कुखुराको अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । भेटेरेनरी डाक्टरले प्रमाणित नगरेका चौपाय मासुका लागि प्रयोग गर्नु हुँदैन । सिकान आएको, खोक्ने, ज्वरो आएका तथा घाउँ चोट लागेका पुश चौपाय खानका लागि उपयुक्त हुँदैनन् । दशैँका लागि वीरेन्द्रनगर आएका भेडा–च्याङ्ग्र्रा लगातका चौपायहरु अनिवार्य सम्बन्धित जिल्लाबाट स्वास्थ्य परीक्षण गरी आएकाले मासुका लागि प्रयोग गर्न उपयूक्त हुने पशु प्राविधिकहरु बताउँछन् । काटेर राखको मासु खरिद गर्दा आवश्यक स्वास्थ्यका मापदण्ड पुरा भए नभएको निक्र्यौल गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बन्दै गएको छ । यो सकारात्मक पक्ष पनि हो । आर्थिक वर्ष २०७९/०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपन्छी निर्यात भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब २३ करोड ७६ लाख ५९ हजार रुपैयाँ बराबरका खसी, बोका, भेडा र च्याङ्ग्र्रा निर्यात भएका छन् । एक अर्ब ८४ करोड ९० लाख ७० हजार बराबरका पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ कर्णालीबाट निर्यात हुनु राम्रो पक्ष हो । तर, विभिन्न तथ्यांकहरुले कर्णालीमा पशुपालन गर्नेको संख्या घट्दै गएको देखाउँछन् । सरकारले पशुपालक किसानलाई प्रोत्साहन गर्ने नीति लिएपनि वास्तविक किसान छुटिरहेका छन् । पशुपालनमा आत्मनिर्भरता तर्फ उन्मुख रहेको कर्णालीलाई पूर्ण आत्मनिर्भर बनाउन वास्तविक किसानलाई प्रोत्साहन गर्न तल्लो तहसम्म पुग्नेगरी कार्यक्रम लैजानुपर्ने हुन्छ । यसतर्फ तीनै तहका सरकारले ध्यान पु¥याउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया