सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ५ निवासि पम्फा देवि सोनि ८४ वर्षमा प्रवेश गरेको अवसरमा अक्षकोष स्थापना गरिएको छ । सोनी परिवारले आमा पम्फादेवि सोनीको ८४ पुजा गरि फजुल खर्च गर्नुको सट्टा उनको नामबाट जिवित रहदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडा आलिका प्रधानाध्यापक काशिनाथ योगिलाई सिम्ता गाउँपालीका वडा नम्बर ५ सुर्खेतका वडा अध्यक्ष मोहन कुमार चन्दको हातबाट १लाखको चेक हस्तान्तरण गरिएको छोरा सिरेन्द्र सोनिले जानकारी दिए ।
विजया दशमी टीकाको दिन सुन्दरभुमि जामिर खोलाको प्राङ्गणमा आमा पम्फदेवि सोनीलाई सम्पूर्ण गाउँलेहरु, जनप्रतिनिधि र विद्यालय परिवारहरुको उपस्थितिमा फुलमाला,खादा र टीकाले पम्फादेविलाइ सम्मान समेत गरिएको थियोे ।
पम्फादेवि अक्षयकोष नामक सो कोषमा वार्शिक आउने व्याजले स्कुलमा अध्ययनरत अति गरिब, विपन्न, जेहेन्दार र अनुशासित विद्यार्थीहरुलाई स्कुलको वार्शिक उत्सवको अवसर पारेर उक्त अक्षकोषको व्याजदरको रकम वितरण हुने जनाएको छ । यसले अति गरिव र विपन्न वर्गका विद्यार्थीको पठनपाठनमा सहयोग हुने लक्ष्य लिएको छ ।
जिवित हुदै आफ्ना पुजनीय आमाबुवाहरुलाई हामी सबैले सम्मान गर्नु पर्दछ भन्ने सकारात्मक सन्देश दिनु समाजको मुख्य दाइत्व र सन्देशका रुपमा लिइदिन कान्छो छोरा सिरेन्द्रको भनाइ रहेको छ ।
पम्फा देवीका ४ भाइ छोरा र ३ बहिनी छोरिहरु छन् । छोराबुहारीहरु, नातिनातिना, नातिनीबुहारी, पनाती र पनातीहरु सहित ६३ जना सदस्यहरुको अगुवा हो । सोनि परिवारले निकट भविष्यमा पम्फादेवि अक्षयकोषको उद्देश्य जस्तै सिम्ता बहुमुखी क्याम्पस सुर्खेतको लागि पनि वृहत् अक्ष कोषको परिकल्पना गरेको जनाएका छन् ।
दुर्गा विसी । सुर्खेत । २९ आश्विन २०८१, मंगलवार १०:२३