बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जना पक्राउ


१२ वर्षीया बालिकालाई सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया, सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा, सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बुधबार पक्राउ गरेको हो । २७ असोज र २८ मा होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो ।

बाँकेकै राप्तीसोनारी गाउँपालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना आएको थियो । त्यसपछि इन्सपेक्टर राजकुमार भट्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

सुरुमा बलात्कार आरोपित पाँच जनालाई पक्राउ गरिएकोमा होटल सञ्चालमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया