कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसीलाई


कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिका सुर्खेतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा खाडाचक्र नगरपालिका मान्म कलिकोटलाई तीन सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम हुने लेकवेसी नगरपालिका सुर्खेतले दुई लाख रुपैयाँ चेक तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, प्रतियोगितामा दोस्रो हुने खाडाचक्र नगरपालिका मान्म कलिकोटले १ लाख रुपैयाँ चेक सहित साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

जुम्लामै पहिलोपटक दुई लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता गरिएको हो । जुम्लाको हिमा गाउँपालिका २ ओदीगाउँमा लामा विष्णु युवा क्लबको आयोजनामा यहीँ गत असोज २९ गते अर्थात गएको मंगलबार देखि भलिबल प्रतियोगिता सुरु भएको हो ।

विजेता टिमलाई गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले चेक,ट्रफी र मेडल प्रदान गरेका थिए । भलिबल जस्तो महत्वपूर्ण खेलको जगेर्ना जिल्लाको दुर्गम क्षेत्रबाट भइरहेकोमा बताए । खेल राष्ट्रियताको गौरव भएको बताए । जितहार फरक कुरा हो,अनुशासन र इमानदारिता र धैर्यता हुनुपर्ने बताए । प्रतियोगितामा २६ वटा टिम सहभागी थिए ।

लामा विष्णु युवा क्लबका अध्यक्ष धीरेन्द्रबहादुर रोकायाले प्रत्येक खेलमा राम्रो खेल प्रदर्शन गर्ने प्रत्येक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मेन अफ द म्याच २३ जना खेलाडीलाई ५ सय पुरस्कारको दिइएको बताए ।

हिमा गाउँपालिकाको आर्थिक सहयोग,हिमा –२ नम्बर वडाको सहजीकरण र लामा विष्णु युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया