पैदल मार्गबाट मोटरसाइकलमा लाप्चामा पुगे पोखराका युवा


पर्यटकीय नगरी पोखराका युवा पर्यटकहरु मोटरसाइकलमा सिमकोट हुँदै लाप्चामा पुगेका छन् ।

उनीहरु नेपाल भूमी लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न मोटरसाइकलमा पैदल मार्गबाट आएका हुन् ।

लाप्चासम्म सडक खुलेको जानकारी पाएपछि पोखरामा रहँदै आएका युवाहरु मिलेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने उद्देश्यले पैदल मार्गबाट मोटरसाइकलमा हिँडेको लेख मगरले बताए ।

उनले पाँच वटा मोटरसाइकलमा सात जना आएको बताउँदै चार सिमकोटमा सिमकोट पुगिएको र सिमकोटबाट तीन दिनमा लाप्चा पुगेर फिर्ता भएको बताए ।

नेपाली भूमि लाप्चा क्षेत्रको प्रचार प्रसार र मानसरोवर कैलाशको दरदर्शनका लागि आफ्नो समूह पुगेको उनले बताए ।

त्यसैगरी, काठमाडौँका धुर्ववर्ण श्रेष्ठले पनि काठमाडौँबाट सात दिनमा लाप्चा पुगेर फिर्ता भएको बताए ।

उनी काठमाडौँबाट एक्लै मोटरसाइकलमा आएर लाप्चा पुगेका हुन् । केही स्थानीय युवाहरु सिमकोटबाट लाप्चा पुगेको भएपनि जिल्ला बाहिरबाट भने पहिलो पटक मोटरसाइकलमा आएर लाप्चा पुग्ने कार्य भएको हो ।

तपाईको प्रतिक्रिया