कविता : मेरो स्वर्गीय हजुरबुबा


मेलिना बुढाक्षेत्री

याद आउँछ घरी घरी
आँसु आउँछ तपाईलाई
सम्झदा आाखा भरी,
तपाईको काखमा खेल्दा खेल्दै
थाहै भएन वर्ष बितेको
सात वर्ष भएछ हामीसँग हजुर नभएको ।

हजुरआमाको मुटुमा कत्रो चोट
पर्यो होला ।
हामी परिवारको मन सम्झीएर
कति रोला,
हजुरको यादमा रोएको बेला
इन्डिया हुनुहुन्छ भन्थे

सानी हुँदा कहिले आउनुहोला भनेर दिन गन्थे ।
ठुलो भएपछि थाहा पाए हजुर
हामीसँग नभएको
म सानो छु भनेर होला
नभनेको,
कहिले भेट्न पाम्ला हजुरसँग
मनै भरि छर्ने रंग,
तिहार पनि नजिकै आउँदैछ
हजुर नहुँदा कुनै चाडमा छैन
कुनै उमँगै ।
(कक्षा–५, मर्निङ स्टार बोर्डिङ स्कुल, खजुरा)

तपाईको प्रतिक्रिया