सल्यान पश्चिममा सञ्चालित दुईदिने निशुल्क आँखा शिविरबाट ९६ जना मोतिया विन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्चात् पुनः नयाँ संसार देख्न पाएको वडा नं १ घाटगाउँ निवासी पुष्पा सुनारको भनाइ रहेको छ ।
नगरका ८ वटा स्थानमा शिविर छनौट गरिएको छ । सो शिविरमा ४ सय ७८ जनाले चेकजाँच गरेका थिए भने ९६ जनाको शल्यक्रिया गरिएको थियोे । तिलगंगा आँखा अस्पतालको आर्थिक सहयोग,नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाइटी उप शाखा देवस्थल सल्यान को समन्वय र बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा दुईदिने शिविर सञ्चालन भएको थियोे ।
सल्लिवजारमा सञ्चालित आँखा शिविरमा प्राविधिक टिम डाक्टर मञ्जु पन्थ खड्का,वरिष्ठ नेत्र अधिकृत प्रेम दिक्षितको टोलिले मुख्य यश क्षेत्रमा आँखामा समस्या देखिनुको मुख्य कारण आँखा सुख्खा,सुर्यको किरण,घासपात काट्दा आँखामा घाउ भएका,जल विन्दु,उच्च मधुमेह वढि भएका देखिन्छ ।
वर्षेनि आँखाका विरामि वढेको समेत देखिन्छ । ८ वटा शिविरबाट छनौट भएका आँखाका विरामिलाइ सल्लिवजारमा दुईदिने शिविर सञ्चालन गरि शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी देवस्थल शाखाका सभापति पुष्कर विसिको भनाइ रहेको छ । उक्त शिविरमा छिमेकी पालिका सिद्धकुमाख,कुमाख र सिम्ता गाउँपालिका सुर्खेतबाट समेत उपचार गर्न आएको बताएको छ ।
दुर्गा विसी । सल्यान । १ मंसिर २०८१, शनिबार १६:४५