कृषि उत्पादनका लागि उर्वर मानिने लुम्बिनी प्रदेशमा माटो भने बिग्रँदै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनले यस्तो अवस्था रहेको देखाएको हो । तथ्यांकअनुसार माटो परीक्षण शिविरमा गरिएको परीक्षणबाट माटोमा अम्लीय र क्षारीय बढी रहेको देखाएको हो ।
प्रदेशमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा र जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट कीटबक्स, मोबाइल भ्यान र कार्यालयमा परीक्षण गरिएको कुल १२ हजार २८४ वटा नमुनामा ४४ प्रतिशतमात्रै माटो तटस्थ रहेको पाइएको छ । नतिजाअनुसार २९ प्रतिशत माटो अम्लीय र २७ प्रतिशत माटो क्षारीय रहेको मन्त्रालयले जनाएको छ । १० हजार ७१८ कृषकको १२ हजार २८३ माटोको नमुना परीक्षण गर्दा तीन हजार ५६७ नमुना अम्लीय, तीन हजार २९५ नमुना क्षारीय पाइएको हो ।
दाङमा गरिएको एक हजार एक सय नमुना परीक्षणमा ४५६ अम्लीय र २६३ क्षारीय माटो फेला परेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँकेमा ६ हजार ५३२ नमूना परीक्षण गर्दा एक हजार १६७ अम्लीय र एक हजार ९८८ क्षारीय फेला परेको छ । नवलपरासीमा गरिएको ४४८ नमूना परीक्षणमा १७५ अम्लीय र २४१ क्षारीय माटो फेला परेको छ ।
रुपन्देहीमा गरिएको ३४० नमुना परीक्षणमा २१४ क्षारीय माटो फेला परेको छ । कपिलवस्तुमा गरिएको २४२ नमुना परीक्षणमा १३ अम्लीय र २२७ क्षारीय माटो फेला परेको छ । पाल्पामा गरिएको एक हजार ५११ नमुना परीक्षणमा सात सय एक अम्लीय र २४३ क्षारीय माटो फेला परेको छ । गुल्मीमा गरिएको ४६८ नमुना परीक्षणमा २३९ अम्लीय र १४ क्षारीय माटो फेला परेको छ । अर्घाखाँचीमा गरिएको ६३२ नमुना परीक्षणमा ३६६ अम्लीय र ५१ क्षारीय माटो फेला परेको छ ।
त्यसैगरी रुकुमपूर्वमा गरिएको २३७ नमुना परीक्षणमा २३७ नै अम्लीय माटो फेला परेको छ । रोल्पामा गरिएको ४२६ नमुना परीक्षणमा ५८ अम्लीय र दुई क्षारीय माटो फेला परेको छ । बाँकेमा गरिएको ८१ नमुना परीक्षणमा आठ अम्लीय र ३६ क्षारीय माटो फेला परेको छ । प्युठानमा गरिएको ३३३ नमुना परीक्षणमा १४३ अम्लीय र १६ क्षारीय माटो फेला परेको छ । बर्दियामा गरिएको एक सय चार नमुना परीक्षणमा चार अम्लीय माटो फेला परेको छ ।
नाइट्रोजन र पोटास कम
प्रदेशमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा र जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट कीटबक्स, मोबाइल भ्यान र कार्यालयमा परीक्षण गरिएको कुल १२ हजार २८३ वटा नमुनामा नाइट्रोजन कम भएको नमुना ६ हजार २४ भेटिएका थिए । फस्फोरस कम भएका पाँच हजार २३ र पोटास कम भएको नमुना पाँच हजार दुई सय तीन थिए । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँकेमा गरिएको ६ हजार ५३२ नमुना परीक्षणमा नाइट्रोजन कम भएको तीन हजार ५८३, फस्फोरस कम भएको एक हजार ८५० र पोटास कम भएको नमुना दुई हजार ४३१ थिए ।
जिल्लागत रूपमा हेर्दा दाङमा गरिएको एक हजार एक सय नमुना परीक्षणमा नाइट्रोजन कम भएको ४१४ र अधिक भएको ५०, फस्फोरस कम भएको ५५३ र अधिक भएको १६४ नमुना फेला परेको थियो र दाङमा पोटास कम भएको नमुना ४१३ र अधिक भएको नमुना दुई सय आठ फेला परेको थियो । नवलपरासीमा गरिएको ४४८ नमुना परीक्षणमा नाइट्रोजन कम भएको २१३, फस्फोरस कम भएको १५७ र पोटास कम भएको नमुना २५१ फेला परेको थियो ।
रुपन्देहीमा गरिएको ३३९ नमुना परीक्षणमा नाइट्रोजन कम भएको १३४, फस्फोरस अधिक भएको १४७ र पोटास कम भएको नमुना १९२ फेला परेको थियो । कपिलवस्तुमा गरिएको २४२ नमुना परीक्षणमा नाइट्रोजन कम भएको १९२, फस्फोरस कम भएको एक सय तीन र पोटास कम भएको नमुना ११६ फेला परेको थियो । पाल्पामा गरिएको एक हजार ५११ नमुना परीक्षणमा नाइट्रोजन कम भएको चार सय आठ, फस्फोरस कम भएको ६८२ र पोटास कम भएको नमुना ९६८ फेला परेको थियो ।
गुल्मीमा गरिएको ४६८ नमुना परीक्षणमा नाइट्रोजन कम भएको १४५, फस्फोरस कम भएको १३७ र पोटास कम भएको नमुना १३३ फेला परेको थियो । अर्घाखाँचीमा गरिएको ६३२ नमुना परीक्षणमा नाइट्रोजन कम भएको पाँच सय छ, फस्फोरस कम भएको १२५ बढी भएको १५९ र पोटास कम भएको नमुना २३२ फेला परेको थियो । रुकमु पूर्वमा गरिएको २३७ नमुना परीक्षणमा नाइट्रोजन कम भएको ८८, फस्फोरस कम भएको ७१ र पोटास कम भएको नमुना ६३ फेला परेको थियो ।
त्यसैगरी रोल्पामा गरिएको २२६ नमुना परीक्षणमा नाइट्रोजन कम भएको ३१, फस्फोरस कम भएको ११७ र पोटास कम भएको नमुना ६५ फेला परेको थियो । बाँकेमा गरिएको ८१ नमुना परीक्षणमा नाइट्रोजन कम भएको ७२, सबै नमुनामा फस्फोरस अधिक भएको पाइएको थियो । बाँकेमा पोटास कम भएको ११ र अधिक भएको १७ नमुना फेला परेको थियो । प्युठानमा गरिएको ३३३ नमुना परीक्षणमा नाइट्रोजन कम भएको २१३, फस्फोरस कम भएको १३४ र पोटास कम भएको नमुना २७७ फेला परेको थियो ।
बर्दियामा गरिएको एक सय चार नमूना परीक्षणमा नाइट्रोजन कम भएको २५, फस्फोरस कम भएको ७३ र पोटास कम भएको नमुना ३३ फेला परेको थियो । प्रदेशमा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा र जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट कीटबक्स, मोबाइल भ्यान र कार्यालयमा परीक्षण गरिएको कुल पाँच हजार २७२ वटा नमुनामा प्रांगारिक पदार्थको संख्या कम भएको नमुना तीन हजार २३७, मध्यम रहेको एक हजार ६३३ र बढी रहेको ३५२ वटा थिए ।
युग संवाददाता । दाङ । १८ मंसिर २०८१, मंगलवार १५:५९