सरला सुवेदी ।
महिलाको नेतृत्वमा सञ्चालित कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा संस्थाको आफ्नै भवनमा भव्य रूपमा सम्पन्न गरेको छ । सहकारीले यस वर्ष ४४ लाख ६६ हजार ८३० रुपैयाँ नाफा आर्जन गरेको घोषणा गर्दै स्थापनाकालदेखि निरन्तर नाफामूलक यात्रा तय गरेको प्रतिवेदन प्रस्तुत गरेको छ । २०६७ सालदेखि सञ्चालनमा आएको यो सहकारीले १२१३ घरधुरीलाई समेट्न सफल भएको छ भने बाँकी साना किसान परिवारलाई समेट्न निरन्तर प्रयासरत छ ।
सहकारीकी अध्यक्ष जानकी पुनले प्रस्तुत गरेकोे प्रगति प्रतिवेदनले सहकारीका कार्यक्रमहरूलाई उजागर ग¥यो । सहकारीले मासुजन्य र दुग्धजन्य उत्पादन, धान तथा गहुँको बीउ उत्पादन, ग्रेडिङ, प्रशोधन, बजारीकरण, सामाजिक सुरक्षा, र पशु संरक्षणजस्ता गतिविधिहरू सञ्चालन गरिरहेको जानकारी दिइयो । साथै, उन्नत गाईभैंसी पालन, वित्तीय साक्षरता तालिम, र सुत्केरी पोषण कार्यक्रमजस्ता योजनाहरू सहकारीको प्रमुख प्राथमिकतामा छन् । आगामी चार वर्षका लागि व्यवसायिक योजना तयार गरी शेयर सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिमहरूको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले कोहलपुर साना किसान सहकारी संस्थालाई ‘कोहलपुरकै गहना’ को रूपमा व्याख्या गरे । उनले सहकारीको प्रगतिलाई प्रेरणादायी भन्दै यसको व्यवस्थापनलाई अझ व्यवस्थित र पारदर्शी बनाउन सुझाव दिए । सहकारीले लिएको ऋण तिर्ने दायित्वप्रति सजग रहनुपर्ने र सहकारी प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश सरकारको विशेष ध्यान रहने बताए । साथै, कृषिमा सहकारीको योगदान प्रभावकारी बनाउन नयाँ योजनाहरू लागू गरिने प्रतिबद्धता व्यक्त गरे ।
कोहलपुर नगरपालिका सहकारी विभागका प्रमुख अग्नि आचार्यले सहकारीको नियम, कानुन र प्रक्रियाले सदस्यहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै सहकारीको पारदर्शितामा जोड दिए । उनले सहकारीहरूको हितका लागि आवश्यकता अनुसार नयाँ कानुन निर्माणको पहल गर्नुपर्ने धारणा राखे ।
भेरी शीत भण्डारका अध्यक्ष बलराम भट्टराईले महिलाहरूको नेतृत्वमा सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै सहकारीमा प्रवेश गर्नु अघि यसको कार्यक्षेत्र र प्रभावबारे सचेत हुनुपर्ने सुझाव दिए । उनले सहकारीको प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता ऋणकर्ता उत्कृष्ट व्यवसाय सञ्चालन, तरकारी खेती, गाईपालन, बाख्रापालन, कुखुरा पालन, र फ्रेस हाउस व्यवसायी उत्कृष्ट समुह उत्कृष्ट बालबचतकर्तालाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
सहकारीले आगामी दिनमा सदस्य समूह वृद्धि, भ्रमण कार्यक्रम सञ्चालन, स्वास्थ्य शिविर आयोजना, साहारा बचत योजना, रेमिट्यान्स सेवाको विस्तार, र दाना–मल–कृषि औजार खरिद–विक्रि कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक ग¥यो । यसले सहकारीको दिगोपनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
महिलाहरूको सशक्त नेतृत्वमा सञ्चालित यो सहकारीले आर्थिक सशक्तीकरण र आत्मनिर्भरता कायम गर्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । सहकारीले मासुजन्य तथा दुग्धजन्य उत्पादनदेखि वित्तीय साक्षरतासम्मका गतिविधिहरू सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाउने यात्रामा प्रभावकारी भूमिका खेलेको छ ।
सहकारीले कृषिमा आधारित महिलाहरूलाई सहकारी गतिविधिमा समेट्दै उनीहरूको जीवनस्तर उकास्न मद्दत गरेको छ । दुग्धजन्य उत्पादनका माध्यमबाट आर्थिक लाभ, वित्तीय साक्षरता तालिम, र महिला स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै सामाजिक विकासको दायरा फराकिलो बनाएको छ ।
साधारण सभामा सहभागी अतिथिहरूले सहकारीको नेतृत्व, प्रगतिशील सोच, र पारदर्शी व्यवस्थापनको प्रशंसा गर्दै यसलाई सहकारी क्षेत्रकै उदाहरणीय संस्था भएको बताए । सहकारीले आगामी दिनमा थप प्रगतिशील योजना लागू गरी बाँकी सदस्यहरूलाई पनि आत्मनिर्भर बनाउन नयाँ कदम चाल्ने विश्वास लिइएको छ ।
महिलाहरूको सक्रिय नेतृत्वमा सञ्चालित यो सहकारीले कोहलपुरकै मात्र नभई देशभरिका सहकारीहरूलाई प्रेरणा प्रदान गर्ने र महिलाहरूलाई सशक्त बनाउन उदाहरणीय भूमिका निर्वाह गर्ने देखिन्छ ।
युग संवाददाता । बाँके । २७ मंसिर २०८१, बिहीबार १२:२७