सुर्खेतको सिम्ता गाउँपालिकामा वडा नं,६ मा रहेको अपांग छात्रवासमा न्यानो कपडा वितरण गरिएको छ । एक कार्यक्रमका विच वागेश्वरि माविमा रहेका २३ जना अपांग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
डाक्टर नवराज केसिको आर्थिक सहयोगमा सो न्यानो कपडा वितरण भएको सिम्ता गाउँपालिकाका पुर्व अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए ।
सो न्यानो कपडा केसिले वागेश्वरि माविको अपंगता छात्रवासमै पुगेर हस्तान्तरण गरेका थिए । अत्यधिक चिसो वढेसँगै विद्यार्थीलाई न्यानो कपडाको जोह गरि वितरण गरिएको जनाएको छ ।
मानव सेवा आश्रम(मानव मन्दिर) निर्माण समिति मूल आयोजक समितिका संयोजक डा.नवराज के. सी को पहलमा न्यानो कपडा अभियान अन्तर्गत केसि आफैले स्थापना गरेको अपांग छात्रबासका छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
दुर्गा विसी । सुर्खेत । २२ पुष २०८१, सोमबार ०९:३४