सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने सडक स्तरोन्ती हुने भएको छ । सुदुरपश्चिम प्रदेशको तुर्माखाद गाउँपालिका–१ रहफदेखि कर्णाली प्रदेशको कालीकोट जिल्लाको रास्कोट नगरपालिका–९ को बक्नर कोटीसम्मको सडक स्तरन्नती हुने भएको हो ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले तयार पारेको सडक स्तरोन्नतिको लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफदेखि कर्णाली प्रदेशको कालीकोट जिल्लाको रास्कोट नगरपालिका बक्नर कोटीसम्म ८९.५६८ किलोमिटर सडक स्तरोन्ती हुने भएको हो ।
अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफबाट भैरवस्थान, अशारा कमलबजार नगरपालिकाको तुल्ता, पञ्चदेवल नगरपालिकाको बेलखेत दुलाकोडा, भानाकोट र कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ को खुलालु, लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको रकु, सान्नीघाट र रास्कोट नगरपालिका–९ को बक्नर कोटीसम्मको सडक स्तरोन्नती हुनेछ ।
सुदुरपश्चिमको अछाम जिल्लाबाट सुरु हुँदै कालीकोट जिल्लाको हिल्सा चाइना सिमाना सडक स्तरोन्नती योजनाको लागत सात अर्ब ९२ करोड ७५ लाख २९ हजार ६ सय रुपैया रहने छ । प्रस्तावित योजनाले सुदुरपश्चिम प्रदेश अछाम र कालीकोट गरी दुई वटा जिल्लालाई जोड्दछ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १, २, ३, ६, ८, कमलबजार नगरपालिका वडा नं. ३, पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४, ५, ८, ९, कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८, १ सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १, २, ३, ४ र रास्कोट नगरपालिका वडा नं. ६, ७, ८, ९ अन्तर्गतका विभिन्न वस्तीहरुलाई जोड्नेछ ।
अछामको तुर्माखाँद गाउँपालिकाको रहफबाट सुरु भई कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको बक्नर कोटीमा पुगेर यो सडक अन्त्य हुनेछ । यो सडकले अछाम जिल्लाको तुर्माखाद गाउँपालिकादेखि कालीकोट जिल्लाको रास्कोट नगरपालिकासम्म कर्णाली नदीको दायाँ किनारबाट सडक बन्नेछ । यो सडक खण्डले अछाम र कालीकोट जिल्लाबासीहरुलाई यातायातको सहजताका साथै स्थानीय उत्पादनलाई बजार केन्द्रसम्म पु¥याउने लक्ष्य राखेको र सडकको फर्मेसन चौडाई सडक नालीसहित १०.७ मिटर क्षेत्राधिकार ५० मिटर, क्यारियज वे सात मिटर सोल्जर चौडाइ दुबैतर्फ १÷१ मिटर बन्ने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
यो सडकको क्षेत्राधिकारबीच रेखाबाट दायाँ÷बायाँ दुवैतिर २५/२५ मिटर गरी ५० मिटर प्रस्ताव गरिएको छ । सडकको स्तरोन्नती गर्दा सडकको ट्याक खोल्ने, सडक छेउमा नाली निर्माण, कस ड्रेनेज र उपयुक्त संरचनाहरु निर्माण गर्नु रहेको छ । चौडाई १०.७ मिटर (बक्स कटिङ्ग गरी दुबै तर्फसाइड ड्रेन) र ९.८५ मिटर (नन् बक्स कटिङ्ग गरी एकतर्फ पहाड तिर साइड ड्रेन), क्यारिज वे ७ मिटर, सोल्जर विद्य १÷१ मिटर दुवैतर्फ प्रदान गरी निर्माण गर्नु रहेको छ ।
ग्रामीण क्षेत्रको आर्थिक विकास गर्ने लक्ष्य
अछाम र कालीकोट जिल्लाको ग्रामीण भेगमा सडक सञ्जाल विस्तार गरी, कृषि उपजको व्यापारीकरण, बजार, व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता सामाजिक क्षेत्रसँग पहुँच बढाउन सहज हुने अछाम जिल्ला पञ्चदेवल नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘यो सडकले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार र पञ्चदेवल विनायक नगरपालिका कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका अन्तर्गतको सडक खण्ड स्तरोन्नति हुन्छ,’ उनले भनिन्, ‘यस सडक खण्डमा रहेका बस्तीहरु रहफ, नागडे, अशारा, कुनिगडा, रातिमाटा, तुल्ता, बेल्खेत, कुजेडा, ल्याटी, यामाडू, चिल्तडा, भानाकोट, घरा, गजेबजार, रेगिल, धकुकोट, सिस्नेगडा, माने, शान्तिघाट, भात्तडी, भुराबगर र बक्नर कोटी बासिन्दाहरूलाई यातायात पहुँच पुग्ने तथा आवत–जावतमा सहजता हुनेछ ।’
झण्डै पाँच हजार रुख कटान हुने
आयोजना क्षेत्रमा सामुदायिक वन भएकाले यस सडक खण्डको निर्माणको लागि रुख ४९ हजार नौ ७३ बटा कटान गर्नु पर्ने र आयोजना निर्माणको फरमेशन चौडाइका लागि ५०.४ हेक्टर वन क्षेत्र आवश्यक पर्नेछ । कटान हुने रुखहरूको क्षतिपूर्ति स्वरूप एकको अनुपात १० रुखको वृक्षारोपण गर्ने तथा वन क्षेत्रको नोक्सान (१ हेक्टर बराबर १६ सय बिरुवा वृक्षारोपण) जसअनुसार ८० हजार ६ सय ४० वटा बिरुवाहरू वृक्षारोपणको लागि डिभिजन वन कार्यालय, अछाम र कालीकोट तथा प्रभावित सामुदायिक वनहरुसँग समन्वय गरी रोपिनेछन् । त्यसका लागि पाँच वर्षसम्म हेरालुसहितको व्यवस्था प्रस्तावकबाट गरिनेछ ।
योजनाको सान्दर्भिकता
आयोजना क्षेत्रमा स्तरीय सडक संजालहरूको अभाव रहेको छ । यसको नतिजा स्वरूप, यातायात र विकास गतिविधिहरूमा गम्भीर रुपमा बाधा परेको छ । प्रस्तावित सडकलाई हालको माटे सडकबाट चौडाइ वृद्धि र कालोपत्रे गरी सडकको स्तरोन्नति गर्नु, नाली, कल्भर्ट निर्माण गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको छ । प्रस्तावित सडकको स्तरोन्नति हुँदा अछाम र कालीकोट जिल्लाका प्रभावित स्थानीय तहहरुका ग्रामीण बस्तीहरु सडक जोड्ने रहेको छ ।
सडक खण्ड स्तरोन्नतिले अहिले साघँुरो रहेकोे सडकलाई स्तरोन्नति गरी कर्णाली नदीको दायाँ बगरमा कृषि उपजको व्यापारीकरण, बजार, व्यापार, उद्योगहरूको अवसर सृजना हुने र शिक्षा, स्वास्थ्य र सजार जस्ता सामाजिक पूर्वाधारहरुको पहुँचबाट टाढा रहेका बासिन्दालाई बिकास र समृद्धिसँग जोड्न सहयोग पु¥याउने रहेको कालीकोटकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसीले बताए ।
‘सडकको स्तरोन्नतिको अभावमा यस बगरका बासिन्दाहरु यात्रा गर्दा असुरक्षित कर्णाली नदी तरेर मात्र यात्रा गर्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘सडकको स्तर न्यून हुँदा र विभिन्न स्थानमा गोरेटो बाटो मात्र हुँदा सार्वजनिक यातायातको स्थिति कमजोर देखिन्छ ।’
सुदुरपश्चिमको चार करोड ५० लाख
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश सडक सञ्जालमार्फत जोडन्का लागि सुदुरपश्चिम प्रदेश सरकारले चार करोड ५० लाख रकम विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अन्तर प्रदेशीय सडक सञ्जाल जोड्नका लागि चार करोड ५० लाख रकम बजेट बिनियोजन गरेको हो ।
सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि पारित गरेको बजेटमा अन्तर प्रदेशीय सडकलाई प्राथमिकताका राख्दै चार करोड ५० लाख बजेट बिनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं. ९ भानाकोटबाट नरहरिनाथको खुलालु सडकखण्डको लागी तीन करोड, पञ्चदेवल विनायक नगरपालिका–६ जोगिबर्सालेदेखि लालु बल्लेखण्डको लागि एक करोड र अछामको रामारोसन गाउँपालिका–६ पाल्तदेखि कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोटसम्म सडक निर्माणका लागि ५० लाख बजेट ब्यबस्थापन गरेको छ ।
रमेश रावल । सुर्खेत । २२ पुष २०८१, सोमबार ०९:४४