सल्यानमा आमाले गरिन नाबालिक छोरिको हत्या


सल्यानमा आमा पुर्णिमा रानाले दुई छोरिको हत्या गरेकि छन् ।सल्यान बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा बुधबार एकैघरका नाबालिका दिदी–बहिनी घरमै मृत अवस्था भेटिए पछि जिल्ला प्रहरी कार्यलय सल्यानको टोलि घटनास्थल पुगेको थियोे ।

बुबा टेकमान राना र आमा पूर्णिमा रानाकी अन्दाजी ३ वर्षकि करिश्मा राना र ६ महिनाकि राकबी राना घरमै मृत भेटिए पछि आशंकामा आमालाई पक्राउ गरिएको थियोे । जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख केशर कुमार न्यौपानेका अनुसार घटनाको गम्भीर अनुसन्धान भैरहको जनाए । कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएपछि प्रहरीले सुरु देखि नै यो घटनालाई शंकास्पद रुपमा हेरेको थियोे ।

बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका छन् । सोधपुछ गर्दा आमा पुर्णिमाले बाबु टेकमानसँग फोनमा कुरा हुदा विवाद भए पछि छोरिहरु मारेको खुलेको छ । घटनाको प्रकृति हेर्दा आम प्रति नै सुरु देखि प्रहरीले २६ वर्षिय आमा पूर्णिमा रानालाई शंकाकाको घरमा राखेको थियोे ।घरमा तीन आमाछोरी मात्रै बस्दै आएका थिए ।मृत अवस्थामा रहेका वालिकाहरुको घाँटी थिचेर अन्तमा वरियोले झुन्डिएको थियोे ।

तपाईको प्रतिक्रिया