२०८१ फाल्गुन २९
×

Now Playing

गाँउपालिका प्रमुखविरुद्ध ५८ जना कर्मचारीको उजुरी

मुगु, २६ असार ।

कोरोना राहत कोषको रकम अनियमिता भएको भन्दै सोरु गाँउपालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध प्रशासनमा उजुरी दिएका थिए । त्यसको केही दिनमै पुन गाँउपालिका प्रमुखविरुद्ध कर्मचारीले उजुरी दर्ता गराएका छन् ।

राहत कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको र काम नभएको योजनाको रकम भुक्तानी दिन लागेको भन्दै गाँउपालिकाका प्रमुख शाहीले असार २१ गते कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा उजुरी दिएका थिए । त्यसको दुई दिनपछि सोरु गाँउपालिकामा कार्यरत ५८ जना कर्मचारीले विभिन्न शीर्षकमा अनमिता गरेको भन्दै शाहीविरुद्ध नै प्रशासनमा उजुरी दर्ता गराएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बुढासहित ५८ जना कर्मचारीको दस्तखतमा गाँउपालिका प्रमुख शाहीविरुद्ध दिइएको उजुरीमा वडा नं ६ मा पर्ने झिरझिर पानीदेखि खोची खोलासम्मको सडक मर्मत गर्ने कार्यमा कार्यालय सहायक चन्द्र दमाईको नाममा पेश्की फछ्र्यौट गरी दुईलाख ८४ हजार आफ्नै खातामा लिएको आरोप छ । त्यस्तै गाडी मर्मतका नाममा दुई लाख लिए पनि पुनः अर्को बिल प्रयोग गरी एकलाख १७ हजार भुक्तानी लिइ आर्थिक अनियमिता गरेको, जिन्सी शाखाबाट विभिन्न सामान तथा सवारी साधन घर र नातेदारले प्रयोग गरी चरम पदीय दुरुपयोग गरेको, आफ्ना छोराले स्थापना गरेको ह्याचरीलाई पालिका अध्यक्ष कोषबाट नौ लाख पेश्कि दिन लगाएको आरोप छ ।

कार्यालय सहयोगी चन्द्र दमाईको नाममा जनप्रतिनिधि तालिम कार्यक्रम शीर्षकबाट तीन लाख लिए पनि हालसम्म तालिम संचालन नगरेको, भ्रमण खर्च बाफपत एकलाख पेश्किी लिए पनि अझै सोको बिल भरपाई पेश नगरेको, एकल टिप्पणी आदेशमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा अनुसन्धानको क्रममा रहेका योजनालाई भुक्तानी दिन दवाव दिइ भुक्तानी लिएको जस्ता ११ वटा आरोप लगाएका छन् । उनले पदिय दुरुपयोग र आर्थिक अनियमितता गरेको भन्दै कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको प्रमुख प्रशासकीय अधिृकत धान्ने बुढाले जानकारी दिएका छन् ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा असार २१ गते प्रमुख शाहीले जिल्ला प्रशशासन कार्यालयमा पेश गरेको उजुरीको खण्डन गरिएको छ । ‘शाहीले प्रमुख प्रशाकीय अधिकृत र लेखापाल बुढालाई लगाएको आरोप कपोकल्पित र कुनै सत्यतामा आधारित छैन बरु अध्यक्ष शाहीले तारापानी–नुवाकोट–रुम सडकको अन्तिम भुक्तानीमा एकलाख ५० हजार, प्रकोप व्यवस्थापन कोषबाट तीन लाख घुस माग्दा उपभोक्ता समिति र कार्यालय प्रमुख, लेखापालले नदिएपछि सडकको नक्कली कागजात आफैँ बनाइ सार्वजनिक गरेको, प्रमुख प्रशासकीय अधिकृतले आफनो व्यक्तिगत प्रयोजनका लागि प्राइभेट होटेलमा दिएको अर्डर स्लिपमा अध्यक्ष स्वयंले लिई कार्यालयमा छाँप लगाई बदनाम गरेकका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षले पालिका केन्द्रका विभिन्न होटेलमा मादक पदार्थ खाएको ठाँउमा अन्य सामानको बिल हाली पटक पटक भुक्तानी गर्न दवाव दिने गरेको सोरु गाँउपालिकाका कर्मचारीहरु बताउँछन् ।’

यो आर्थिक वर्षको अन्तमा योजनाको रकम तथा कर्मचारीहरुको तलब निकास गर्न कर्मचारी रात दिन नभनी काम गर्दै गरेका बेला अध्यक्षले लेखा र प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई झुटा आरोप लगाएका कारण न्यायको लागि गाँउपालिकाका ५८ जना कर्मचारी सदरमुकाम गमगढी आइपुगेको लेखा प्रमुख जेठबहादु बुढाले बताए । गाउँपालिका प्रमुख शाही आफूमाथि लगाएको सबै आरोप झुटा भएको बताउँछन् । उक्त आरोपको प्रमाणसहति आउन सबै कर्मचारीलाई उनले आग्रह गरेका छन् । सबै कुरा प्रमाणले देखाउने र छानविनका आधारमा हुने हुँदा दोहोरी खेल्नु आवश्यक नरहेको गाँउपालिका प्रमुख शाहीको भनाइ छ ।

गाँउपालिका प्रमुखविरुद्ध ५८ जना कर्मचारीको उजुरी

भोकमरीको चिन्ता

गाँउपालिका प्रमुखविरुद्ध ५८ जना कर्मचारीको उजुरी

YUGAAWHAN NATIONAL DAILY (2077-03-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *