व्यवसायीद्धारा राष्ट्र बैंकलाई २७ बुँदे मागपत्र

सुर्खेत, २८ असार ।

सुर्खेतका उद्योग व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई विभिन्न २७ बुँदे मागपत्र बुझाएका छन् । व्यवसायीहरुले बैंकहरुले लकडाउन अवधिको ब्याज मिनहा गर्नुपर्ने, घरवहाल कर छुट गर्नुपर्ने लगायतका २७ बुँदे मागपत्र बुझाएका हुन् ।

कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकहरुले ब्याज बुझउन ताकेता गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत व्यवसायीहरुले आइतवार दिउँसो ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा एक घण्टा धर्ना दिएका थिए ।

संघर्ष समितिका संयोजक गणेशकुमार बस्नेतले नेपाल राष्ट्र बैक कर्णाली प्रदेश शाखा प्रमुख शालिकराम पोखरेललाई २७ बुँदे मागपत्र बुझाएका हुन् । संयोजक बस्नेतले मागपत्र बुझाउँदै व्यवसायीहरुको मागलाई मौद्रिक नीतिमा समावेश गरिदिन आग्रह गरे ।

मागपत्र बुझ्दै बैकका शाखा प्रमुख पोखरेलले मागपत्रलाई केन्द्रीय कार्यालयसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलिएको भन्दै चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेका हुन् । लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने व्यवसायीहरुको भनाई छ । उनीहरुले सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनु पर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया