हुम्ला, १३ साउन ।
हुम्लाको दक्षिणी क्षेत्रको एउटा गाउँपालिकामा पहिरोका कारण तीन दिनयता पौने दुई करोड भन्दा बढीको क्षति भएको छ । तीन दिनदेखि लगातार भएको वर्षाका कारण पहिरो जाँदा अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षति भएको हो ।
प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुबेदीले जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा धेरै क्षति पुगेको बताए । पछिल्लो पटक भएको वर्षासँगैको बाढीले अदानचुलीको मकै खेतीमा सबै भन्दा बढी क्षति गरेको छ । केही घरहरुमा पनि क्षति पुगेको छ । यस्तै चार स्थानमा रहेका सिँचाइ कुलो समेत बाढीले बगाएको छ । पहिरोले वडा १ र ३ मा रहेका खानेपानीका धारा समेत बगाएको छ ।
युग संवाददाता । । १३ श्रावण २०७७, मंगलवार ०९:००