जाजरकोट, २७ साउन ।
जाजरकोट बारेकोट गाउँपालिकाका पहिरो पीडित १२४७ घरपरिवारलाई खाद्यान्न, लत्ता, कपडा, म्याट, भाँडावर्तनसहितको सहयोेग सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेन म.प. तथा सु.प. कार्यालय इत्राम र पहाडी क्षेत्र विकास अभियान जाजरकोटले संयुक्त रुपमाबारेकोट पहिरो पिडितहरुलाई १५ लाख बराबरको राहत सामाग्री वितरण गरेको छ ।
असार २५ गतेको अविरल वर्षाका कारण पहिरोबाट १२ जनाको ज्यान गएको थियो भने २ जना अझैसम्म पनि वेपत्ता रहेका छन् । पहिरो प्रभातिहरुको विवरण अनुसार १२४७ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । विभिन्न समयमा वितरण गरिएको सामाग्रीहरुमा स्वंयम जनप्रतिनिधिहरुले अनियमितता गरेको, पहिरो प्रभावितहरु वास्तविक नभएको, पाउनुपर्ने वास्तविक पिडितहरुले राहत सामाग्री नपाएको जनगुनासो आएको छ ।
बारेकोट गाउँपाकिाकाको पहिरो पिडितहरुको तथ्यांक संकलन गरेको र सो अनुसार १२४७ परिवार प्रभावित भएको पहाडी क्षेत्र विकास अभियान संस्थाका कार्यकारी निर्देशक रनबहादुर कार्कीले जानकारी दिनुभएको छ । जो अगुवा उ भडुवा, भन्ने कुरालाई यस राहत सामाग्रीवितरणबाट स्पष्टभएको उहाँको भनाई छ । जसले राहत पाउनु पर्ने उसको विवरण नै नआएको यसैमा पनि जनप्रतिनिधहरुबाट अनियमित भएको भनि पिडितहरुले गुनासो आएको छ ।
पहाडी क्षेत्र विकास अभियानले राहत सामाग्री वितरण गर्ने क्रममा पूर्ण घरक्षति भएकाहरुको लागि ५० सेट भान्साका सामाग्री, गर्भवती तथा सुत्केरीका लागि आवश्यक पर्ने १०० थान सामाग्री, जन्मेदेखि २ वर्षसम्मका बालबालिकाहरुको लागि १०० थान बेविप्याक र ३ देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि १०० थान बेवीप्याक सामाग्री, पुर्ण विस्थापितहरुका लागि हाइजेनिककिड, ५० सेट विन्टरजेसन किट र २० लिटरको बालटीन १०० थान बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले पिडितहरुलाई वितरण गरेका जनाइएको छ ।
गाउँपालिकाको अध्यक्ष पालिका भन्दा बाहिर रहेको समयमा जे जस्ता समस्या, प्रक्रिया तथा कठीनाई अब नदोहोरिने भविश्यमा अति जोखिम र सामान्य जोखिमको पहिचान गरी उनीहरुको प्रकृतीलाई मध्यनजर गर्दै प्राप्त हुने सामाग्रीहरुको वितरणमा सुनिश्चित गर्ने भनि ढुक्क हुन आश्वासन दिनुभएको छ ।
युग संवाददाता । । २७ श्रावण २०७७, मंगलवार ०८:४७