विप्लव कार्यकर्ता धरौटिमा छुटे

सुर्खेत, १६ भदौं ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्ता सुर्खेतबाट धरौटिमा छुटेका छन् । पार्टीसंगको आवद्धता २०७५ साल फागुन महिनादेखि छोडेको र पुनः जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पार्टीको आवद्धता त्याग गर्नुका साथै त्यस खालका राज्यबाट प्रतिबन्धि कार्यमा सहभागी, स‌लग्न नुहने  घोषणा गरेपछि धरौटीमा छुटेका हुन ।

भेरीगंगा नगरपालिका वडा नं. ९ जहरेका कर्ण बहादुर विसी र सहविर महर २०७७ साउन २६ गते घरबाट प्रहरी पक्राउ गरेको थियो । चन्दा आतंक फैलाएको आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । हिरासतमा राखेको २२ दिनपछि पाँच हजार धरौटीमा जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट साेमबार छोडिएको छ ।

पक्राउ परेका कर्ण बहादुर विसी नेकपा विप्लव पार्टीको एरिया नं. ४ कमिटीका सदस्य र अर्का सहविर महर जिल्ला कमिटी सदस्य रहेका थिए । उनीहरु दुवैले २०७५ साल फागुनदेखि पार्टीको आवद्धता र जिम्मेवारी परित्याग गरिसकेको दावि गरेका छन् । विप्लव नेतृत्वको दल नेकपा नेपाल सरकारले प्रतिवन्ध लगाएको राजनीतिक पार्टी हो । कानून अनुसार उक्त दलका कुनैपनि गतिविधि गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया