२०८१ चैत्र २
×

Now Playing

वडाबासीलाई कृषिमा जोडेर आत्मनिर्भर बनाउँछौं

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सबैभन्दा दुर्गम वडा नम्बर १६ हो । यो वडा भौगोलिक हिसावले निकै विकट छ । यसअघि गाविसको रुपमा रहेको यो वडा हाल नगरपालिकामा गाभिएको छ । गाविसबाट नगरको वडामा रुपान्तरण भएपछि यहाँका नागरिकले के सुविधा पाए त ? वडा सरकार गठन भएको साढे तीन वर्षमा विकास निर्माणमा के प्रगति भयो ? यो अवधीमा वडानम्बर १६ को जनताले जनप्रतिनीधिबाट गरेको अपेक्षा अनुसार काम भए की भएनन् ? हालसम्म वडाको विकास निमार्णका काम, भौतिक संरचना, सामाजिक सुधार र स्वास्थ्यको क्षेत्रमा भएका काम र आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरको वडा नम्बर १६ का वडाअध्यक्ष पूर्णबहादुर ढकालसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?

हिजोआज वडा कार्यालयकै नियमित काममा व्यस्त छु । सेवाग्राहीलाई वडाबाट दिनुपर्ने सेवाहरु दिँदै आइरहेका छांै । वडाकै कामको शिलशिलामा व्यस्त छु । जनताका गुनासा सुन्ने र तिनको समाधानका लागि प्रयास गरिरहेका छौं । वडाको विकास र सुधारमा नै व्यस्त छु ।

निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

हाम्रो वडा भनेको वीरेन्द्रनगर भित्रको सबैभन्दा दुर्गम वडा मानिन्छ । त्यसकारण सडकलाई नै पहिलो प्राथमिकता दिएर काम गरेका छौं । यो वडामा यातायातको पहुँच थिएन । हाम्रो वडामा नौ वटा टोलहरु रहेका छन् । अहिले हामीले प्रत्येक टोलमा २५ वटा सडक निमार्ण गरेका छांै । अहिले सबै टोलमा सहजै रुपमा जीपहरु पुग्ने गर्छन् ।
शिक्षातर्फ पनि विकास भएको छ ।

हाम्रो वडामा पाँच वटा विद्यालयहरु छन् । ती विद्यालयका भौतिक पूर्वाधारहरुमा हामीले जोड दिएका छांै । विद्यालयको तारवार र भवनको कम्पाउड पनि गर्ने काम भएको छ । तीन वटा विद्यालयको तारवार र कम्पाउड गर्ने काम सम्पन्न भइसकेको छ । दुई वटा विद्यालयहरु बाँकी छन् । ती विद्यालयमा पनि यो वर्ष सम्पन्न गर्नेछौं । अति गरिव विपन्नवर्ग अन्तगर्त महिलाहरुका लागि स्वरोजगारका तालिमहरु सञ्चालन गरेका छौं । महिलाहरु स्वरोजगार अन्तर्गत हामीले महिलाहरुलाई आर्यआर्जनका निम्ती बाख्रा वितरण कार्यक्रम पनि ग¥यौं ।

स्वास्थ्यको क्षेत्रमा पनि काम गरेका छांै । हाम्रो वडामा पहिला स्वास्थ्यका कर्मचारी स्वास्थ्य चौकीमा आउँन्थेनन् । दरवन्दी बमोजिमका स्वास्थ्यकर्मीहरुलाई उपस्थित गराउने काम ग¥यौं । नेपाल सरकारको नियमभित्र रहेर हामीले सेवा दिँदैर व्यवीसथत गर्दै आइरहेका छौं । अर्काे कुरा हाम्रो वडा अति दुर्गम भएको र विद्युत्को पहुँच नभएको वडा हो । हामीले विद्युत् विस्तारका लागि अहिले पोलहरु गाड्ने काम गरिरहेका छौं । सम्भव त अब एकडेढ वर्षभित्र विद्युत् गाउँमा पु¥याउँछौं ।

काम गर्नलाई कत्तिको चुनौती छ ?

चुनौतीहरु त धेरै नै छन् । पहिला त पर्याप्त रुपमा बजेट छैन । चाहेर पनि अझै जनताका समस्या समाधान गनए सकिरहेका छैनांै । जनताका समस्या धेरै छन् । ती समस्यालाई समाधान गर्नका लागि पर्याप्त मात्रामा बजेट छैन । बजेट पर्याप्त भएमात्र जनताको समस्या समाधान गर्न सहज हुन्छ ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् नी ?

हाम्रो वडाभित्र तीन वडा खोलाहरु छन् । त्यो खोलाहरुमा पुलको व्यवस्था गर्न हामीले चाहेर पनि सकिरहेका छैनांै । धेरै सम्बन्धित निकायहरुमा माग पनि गरिरहेको छु । अर्काे अति विकटका कारण भुगोलले पनि साथ दिएको छैन । जनतालाई आर्यआर्जनमा प्राथमिकता दिएर केही गर्न सकिएको छैन । आर्यआर्जनमा जनतालाई जोड्नका लागि बजेट पर्याप्त नहुँदा समस्या भएको छ । बजेटको अभावकै कारण गाउँमा साना उद्योगदेखि पशुपालन र कृषिमा लगाउन सकिएको छैन ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

वडाबाट हामीले प्रत्येक वर्ष आयमुलक कार्यक्रम गर्नको निम्ती लक्षित समुह, बालबालिका, महिलाका लागि बजेट विनियोजन गरेर र केही संघसंस्थाहरुसंग पनि सहकार्य गरेर साना उद्योग सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइरहेका छौं । गाउँ टोलमा समुह समितिहरु निमार्ण गरेर उनीहरुलाई केही सानातिना केही सिपमुलक कार्यक्रम सम्बन्धी तालिमको व्यवस्था गरेका छौं ।

हालसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

पहिलो काम सडक पूर्वाधार निर्माण नै हो । वडामा हामीले २५ वटा सडकहरु निमार्ण गरेर प्रत्येक टोलबाट जिपहरु सञ्चालन गर्ने काम गरेका छांै । दोस्रो काम हामीले वडामा रहेका शिक्षाको भवन निमार्णका काम गरेका छौं । यहाँको शैक्षिक गुणस्तर बढाउन आफ्नो तहबाट धेरै कामहरु गरेका छौं । तेस्रो काम स्वास्थ्य सम्बन्धी पनि हामीले काम गरेका छौं । वडामा बर्थिङ सेन्टर निमार्ण गरेका छांै ।

चौथो काम महिला बालबालिका, युवा, दलित, जनजाति सबै लक्षित समुहलाई लक्षित गरेर थोरै रुपमा भए पनि उनीहरुको समस्यालाई सम्बोधन गर्नेगरी प्रत्येक वर्ष बजेट छुट्याएर काम गर्ने गरेका छौं । पाचौं काममा त्यही सडकलाई स्तरोन्नति गरेर जतिबेला पनि सदरमुकामसम्म जोडिने काम गरिरहेका छांै । सबैभन्दा आवश्यकता भनेको सडक नै रैछ । सडक भएन भने सबै चिज पछाडी पर्छ । दैलेख जोड्ने सडक निमार्ण गरेका छौं । वडा नम्बर १५ संग पनि जोडेका छौं । अझै सडक स्तरोन्नती गर्ने काम जारी पनि छ ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

जनतासँग मत माग्न जाँदा गरेको प्रतिवद्धता पुरा गरेको छु । जनतासँग गरेको प्रतिवद्धता र घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम सम्पन्न गरेको छु । केही काम बाँकी छन् । ती कामहरु पनि मेरो कार्यकालसम्म सम्पन्न गर्छु ।

अबका योजनाहरु के के छन् नी ?

प्रमुख काम भनेको विद्युतीकरण रहेको छ । पोल र तारहरु जोड्ने काम भइरहेको छ । अबको पहिलो प्राथमिकता भनेकै टोलटोलमा विद्युत् पु¥याउने नै हो । अर्काे कुरा यहाँका जनतालाई आर्यआर्जनसँग जोड्ने काम गर्नु अबको मेरो योजना रहेको छ । सानातिना उद्योग सञ्चालन गर्ने, जनताको जीवनस्तर माथि उठाउनका लागि बाख्रापालन, बंगुरपालन, कुखुरापालन, कृषिमा विशेष जोड दिएर लाग्ने योजना रहेको छ ।

वडाबासीलाई कृषिमा जोडेर आत्मनिर्भर बनाउँछौं

YUGAAWHAN NATIONAL DAILY (2077-08-17)

वडाबासीलाई कृषिमा जोडेर आत्मनिर्भर बनाउँछौं

भेरी करिडोरमा दर्जन पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *