नेकपा वीरेन्द्रनगरद्वारा जिम्मेवारी बाँडफाँड

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटीले जिम्मेवारी बाँडफाँड गरेको छ । कमिटीको बुधवार बसेको पूर्ण बैठकले कार्यालय टिम, सचिवालय र १६ वटा वडाको अध्यक्ष तथा सचिवको टुंगो लगाएको हो ।

पाँच सदस्यीय कार्यालय टिममा अध्यक्ष गंगराम तिमिल्सेना, सचिव गणेश कुमार वली, निलकण्ठ खनाल, टोप बहादुर बस्नेत र चक्र बहादुर रावत रहेका छन् । २५ सदस्य सचिवाल समिति पनि गठन गरिएको नेकपाका नगर कमिटी अध्यक्ष गंगराम तिमिल्सेनाले जानकारी दिए । बैठकले नगरपालिकाका सबै वडाहरुका अध्यक्ष र सचिवको पनि टुङ्गो लगाएको छ ।

नगरको वडा नम्बर १ मा टिका अधिकारी अध्यक्ष र जनक खड्का सचिव, २ मा धर्मराज रोकाय अध्यक्ष र हिरालाल सुनार सचिव, ३ मा सुर्य थापा विक्रम अध्यक्ष र आमे भारती सचिव, ४ मा वाग्मती गुरुङ अध्यक्ष र दिपे सार्की सचिव र ५ मा गणेश बहादुर शाही अध्यक्ष र लोक बहादुर शाही सचिवमा चयन भएका छन् । यसैगरी ६ नम्बर वडामा खडानन्द कँडेल अध्यक्ष र प्रेम रावत सदस्य, ७ मा टोप बहादुर बस्नेत अध्यक्ष र मञ्जु राना सचिव, ८ मा देवि पौडेल अध्यक्ष र खडानन्द दर्लामी सचिव, ९ मा पर्श बहादुर शाही अध्यक्ष र भीम गुरुङ सचिव, १० मा चन्द्र पूरी अध्यक्ष र निरक वलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

वडा नम्बर ११ मा कृष्ण तिवारी अध्यक्ष र गणेश परिवार सचिव, १२ मा शेर बहादुर सिंह अध्यक्ष र मधुरानी ढकाल सचिव, १३ मा दिनेश चपाई अध्यक्ष र मदन आचार्य सचिव, १४ मा धिरेन राम्जाली अध्यक्ष र टंक प्रसाद उपाध्याय, १५ मा श्यामलाल अचार्य अध्यक्ष र हरि चपाई सचिव तथा वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष र बालाराम सापकोटा सचिवमा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया