बौद्ध ग्रामिणको अध्यक्षमा सिंहबहादुर चयन

सुर्खेत, १७ पुस ।

बौद्ध ग्रामिण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा सिंहबहादुर गुरुङ्ग चयन भएका छन् । संस्थाको २०औं बार्षिक साधारण सभाबाट कार्यवहाक अध्यक्ष सिंह सर्वसम्मत अध्यक्षमा भएका हुन् । संस्थाका अध्यक्ष पञ्चसिंह रोकायको मृत्यु पछि सिंहले कार्यवहाक अध्यक्ष भइ संस्था संचालन गर्दै आएका थिए ।

त्यस्तै सभाले उपाध्यक्षमा पार्वती गुरुङ, कोषाध्यक्षमा पदमा महतरा र सदस्यहरुमा कमल बुढा र लक्ष्मण रोकायालाई चयन गरेको छ । बौद्ध ग्रामिणले हाल प्रदेश राजधानी वीरेन्द्रनगरमा २०७२ मंसिर १५ डेरी उद्योग संचालन गरिरहेको छ । त्यस्तै यही बर्षबाट वीरेन्द्रनगर ९ तिलपुरमा १० विगाह जग्गामा विजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टर स्थापना गरि आधुनिक कृषि कार्यक्रमपनि संचालन गर्दै आएको संंस्थाका प्रमुख कार्यका्री अधिकृत विशाल केसीले बताए ।

तपाईको प्रतिक्रिया