सुर्खेत, १४ फागुन ।
कर्णालीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भावित स्थान प्रस्ताव गरिएको छ । संघीय सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरे पनि कर्णालीमा हालसम्म काम अगाडि बढ्न सकेको छैन ।
जग्गा टुंगो नलाग्दा काम नै रोकिएको हो । तर अब सोही औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेत र दैलेखमा प्रस्ताव गरिएको छ । सुर्खेतको लेकवेशी नगरपालिकाको तिल्केपानीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्न प्रस्ताव गरिएको छ । यस्तै दैलेखको चुप्रामा औद्योगिक क्षेत्र स्थापना गर्न प्रस्ताव गरिएको छ । यद्यपी यी दुई
स्थान मध्ये उपयुक्त एक स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी छ । सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. ९ को तल्लो तिल्केपानी र माथिल्लो तिल्केमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउन प्रस्ताव गरिएको हो । नगरपालिका र संघीय सरकारको उद्योग मन्त्रालय अन्तरगतको औद्योगिक क्षेत्र व्यवस्थापन समितिले प्रदेशस्तरिय औद्योगिक क्षेत्र बनाउन प्रस्ताव गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन
समितिका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । लेकबेशी नगरपालिको खाँडदेवी सामुदायिक वन क्षेत्रभित्र पर्ने उक्त क्षेत्रमा प्रदेशस्तरिय औद्योगिक क्षेत्रका लागि झण्डै १० विगाह क्षेत्रफल छ । प्रदेशस्तरिय औद्योगिक क्षेत्रका लागि पनि कम्तिमा दश विगाह जमिन आवश्यक पर्दछ । तिल्केमा प्रदेशस्तरिय औद्योगिक क्षेत्र बनाउन प्रस्ताव गरेपछि लेकवेशी नगरपालिकाले थप आवश्यक कामहरु अघि
बढाएको वडा नं. ९ का वडाध्यक्ष मानबहादुर खड्लुक मगरले बताए । प्रस्ताव पास भएपछि सडक र विद्युत पु¥याउने नगरपालिकाले जनाएको छ । औद्योगिक क्षेत्रका लागि सामुदायिक बनले जग्गा उपलब्ध गराउन तयार रहेको वडाध्यक्ष खड्लुकले बताए । ‘औद्योगिक क्षेत्रका लागि चाहिने जमिन उपलब्ध गराउन हामी तयार छौँ’ वडाध्यक्षले भने, ‘जमिन उपलब्ध गराउन नगरपालिकाले समन्वय गर्छ, सामुदायिक
वनलाई कुनै असर पर्दैन ।’ प्रस्ताव गरिएको स्थल लेकबेशी–९ तिल्केपानी दुइवटा तल्लो तिल्केपानी र माथिल्लो तिल्केपानीमा सडकको पहँुचसमेत पुगिसकेको छ । सो स्थान बडिपाटीबाट चौरासे हुँदै धानखेत जाने सडकको दक्षिण साइड र धुलियाबीट भेडाबारी सडक खण्डको उत्तरसाइड सडक पुगेको छ । एकसाइटबाट कच्ची र अर्काे साइडमा ग्राबेल सडक पुगेको छ । यही कारण तिल्लेमा प्रदेशस्तरिय
औद्योगिक क्षेत्र उपयुक्त हुने गरपालिकाको भनाइ छ । लामो समयदेखि कर्णाली प्रदेशमा प्रदेशस्तरिय औद्योगिक क्षेत्र स्थापना गर्ने कसरत थालिएको छ । तर झण्डै सात वर्ष पुग्दा पनि प्रादेशिक औद्योगिक क्षेत्र स्थापना हुन सकेको छैन । प्रदेशस्तरिय
औद्योगिक क्षेत्रका लागि जग्गा नहुँदा औद्योगिक क्षेत्र स्थापना हुन सकेको छैन । अन्य प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्रहरु शिलान्याश भइसक्दा कर्णालीमा बल्ल प्रस्ताव अगाडि बढेको छ ।
पानी र विजुलीको पहुँच
औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको स्थलमा पानी र विजुलीको पनि सहज पहुँच रहेको छ । तल्लो तिल्के र माथिल्लो तिल्के दुबै क्षेत्रमा पानीको सुविधा छ । तिल्लेपानी नजिकै खरिखोला (ख) को पानी बग्दछ । उक्त पानी अपुग भएको गंगटे
खोलाबाटसमेत पानी पम्पिङ गर्न सकिने छ । दुबै स्थानबाट पानी संकलन गर्दा औद्योगिक क्षेत्रलाई पानीको अभाव नहुने नगरपालिकाले जनाएको छ । त्यस्तै प्रस्तावित स्थलमा विजुलीको पनि सहज पहुँच रहेका छ । करिव दुई किलोमिटर
लाइन तानेको खण्डमा विजुली पनि पु¥याउन सकिने छ । दुई वटा पोल गाडेमा विजुली पु¥याउन सकिने वडाध्यक्ष खड्लुकले जनाए । प्रस्ताव पास भएको खण्डमा नगरपालिका आफैले तिल्केसम्म विजुली पु¥याउन सहयोग गर्ने उनले जनाए ।
‘अब डिटेल सर्भे गर्छाैं’
यता औद्योगिक क्षेत्र व्यवस्थापन समितिले भने प्रस्ताव स्थलमा डिटेल सर्भे गर्ने जनाएको छ । ‘औद्योगिक क्षेत्रका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेका छौँ’ औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर बस्नेतले भने, ‘प्रस्ताव पास हुने वित्तिकै
डिटेल सर्भे गर्छाै ।’ औद्योगिक क्षेत्रका लागि जग्गा, पूर्वाधार भए पनि वन मन्त्रालयले स्विकृति दिएपछि मात्रै डिटेल सर्भे थालिने छ । ‘तिल्केमा औद्योगिक क्षेत्रका लागि प्रस्ताव मात्रै पेश गरेका छौँ, मन्त्रालयले प्रस्ताव पासे गरेमात्रै औद्योगिक क्षेत्र बन्ने
एकीन हुन्छ’ उनले भने, ‘वन मन्त्रालयले स्विकृति दिएको खण्डमा औद्योगिक क्षेत्र बनाउन सकिन्छ ।’ उद्योग मन्त्रालयले औद्योगिक क्षेत्रका लागि बन मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । प्रस्तावित स्थलको केही भाग वन क्षेत्र भएका कारण वन मन्त्रालयबाट स्वीकृति आवश्यक छ ।
लगत संकलन थालियो
यसैबीच औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको क्षेत्रमा नगरपालिकाले लगत संकलन सुरु गरेको छ । उद्योग मन्त्रालयको टोलीको निर्देशन अनुसार वन क्षेत्रभित्र पर्ने जमिन, व्यक्तिगत जग्गा तथा घरहरुको लगत संकलन थालिएको लेकवेशी
नगरपालिकाले जनाएको हो । ‘वन क्षेत्र, व्यक्तिको जग्गा र घरहरुको लगत संकलन थालेका छौं’ वडाध्यक्ष खड्लुकले भने, ‘प्रस्ताव भएका सबै जग्गा उपलब्ध गराउन नगरपालिका तयार छ ।’ प्रस्ताव स्थलमा झण्डै चार विगाह क्षेत्रफल व्यक्तिको जग्गा पर्दछ । उक्त जग्गामा हाल चार÷पाँच वटा घरहरु छन् । प्रस्ताव स्थलको केही क्षेत्र
ऐलानी र केही नम्बरी जग्गा पर्दछ । औद्योगिक क्षेत्र बन्ने पक्का भएको खण्डमा घरहरु र जग्गाको मुआब्जा दिलाउन नगरपालिकाले सहयोग गर्ने जनाएको छ ।
युग संवाददाता । । १४ फाल्गुन २०७७, शुक्रबार १०:०२