डोल्पा : डोल्पामा ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी तीन दिन भव्यरुपमा मनाइने भएको छ । घोडादौडदेखि मैत्रीपूर्ण भलिबल र पैसेरु नाचसम्म प्रर्दशन गरी मनाइने आयोजक जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
७० औं प्रजातन्त्र दिवसको मुल आयोजक जिल्ला समन्वय समितिले जिल्लाका सबै कार्यालयको आर्थिक सहयोगमा प्रजातन्त्र दिवस मनाउन लागेको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए ।
फागुन ६ गते सरकारी तथा गैरसरकारी कार्यालय सार्वजनिक स्थल, बजार सरसफाइ गर्ने सबै कार्यालयमा साँझ ८ गते सम्म दीप प्रज्वलन गर्ने, कारगारका कैदी र अस्पतलका बिरामीलाई फलफूल वितरण गर्ने र मैत्रिपूर्ण भलिबल खेल शुभारम्भ गर्ने कार्यक्रम रहेका छन् । त्यसैगरी फागुन ७ गते प्रभातफेरी,नृत्य, माध्यामिक विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता, पैसूरु नाच र मनतव्यको कार्यक्रम रहेको आयोजक जिल्ला समन्वय अधिकारी नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार फागुन ८ गते बिहान भलिबलको फाइनल खेल गरेर दिउँसो सबैको लोकप्रिय खेल घोडादौड प्रतियोगित गरी पुरस्कारसहित समापन गर्ने कार्यक्रम तय भएको बताए ।
डोल्पामा प्रजातन्त्र दिवसमा घोडादौड प्रतियोगिता २०५२ सालदेखि नै थालनी गरिएको हो । उक्त प्रतियोगितलाई यस वर्ष पनि प्राथमिकतामा राख्दै घोडादौड आयोजना गरिने भएको छ ।
तर अघिल्ला वर्षमा घोडादौड ७ गते गरिने भए पनि यस वर्ष भने ८ गते सारिएको छ । ७० औं प्रजातन्त्र दिवसको अवसरमा हुने सबै कार्यक्रममा सरकारी कार्यालयका कर्मचारी, स्थानीय र होटल व्यवसायीहरुलाई अनिवार्यरुपमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले आग्रह गरेका छन् ।
प्रजातन्त्र दिवसमा घोडादौड र पैसेरु नाच
तपाईको प्रतिक्रिया
युग संवाददाता । । ६ फाल्गुन २०७६, मंगलवार ०९:४५