‘मिडियाले जनताका मुद्दा उठाउनुपर्छ’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चार माध्यमले जनताका मुद्दाहरु उठाउनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को ५९ औं वार्षिकोत्सवको अवसरमा रासस कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

समाज रुपमान्तरण र कर्णाली समृद्धिको अभियानमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री शाहीले सञ्चार माध्यमले जनताका समस्या र विकासका मुद्धाहरु उठाउनुपर्ने बताए । सञ्चार क्षेत्र राज्यको चौथो अंङ्गका भएको बताउँदै सरकारले गरेका कमिकमजोरीहरु उठाउनुपर्ने उनको भनाइ थियो ।

प्रदेशलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी कर्णालीका सञ्चारकर्मीहरुको बताउँदै मुख्यमन्त्री शाहीले सञ्चार माध्यमले समाजका गलत प्रवृतिको भण्डाफोर गर्दै राष्ट्र र जनताका काम गर्नुपर्ने धारणा राखे । कर्णाली प्रदेश योजना आयोगले डाक्टर दिपेन्द्र रोकायाले मिडियामैत्री कानून निर्माणमा पहल गर्ने बताए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सरकार बलियो हुन मिडियामैत्री कानून बनाउनु धारणा राखे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्माले सञ्चार माध्यमले विकासका निर्माण र समृद्धिको अभियानमा पहरेदारी गर्नुपर्ने धारणा उल्लेख गरे । सहभागीहरुले राससले जनताका समस्याभन्दा पनि सरकारको काममात्रै प्रचार–प्रसार गर्दै आएको आरोप लगाए । कार्यक्रममा रासस कर्णाली प्रदेशका प्रमुख सुरबहादुर सिंहले रासस आवाज विहीनहरूको आवाज बन्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया