काठमाडौं । युरोकप फुटबलमा स्पेनले स्विडेनसँग बराबरी खेलेको छ। । सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो। स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन।
यस बराबरीसँगै समूह ‘इ’ को स्पेनले १ अंक जोडेको छ। स्पेन समूहको दोस्रो स्थानमा रहेको छ। स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अंकविहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ।
प्रतियोगिता अन्तरगत आज ह्रगेरी र पोर्चुगल तथा फ्रान्स र जर्मनीबीच खेल हुने छ।
युग संवाददाता । । १ असार २०७८, मंगलवार १५:२६