दादुरा–रुवेला खोप अभियानबारे सचेत गराइँदै

डोल्पा : राष्ट्रिय खोप कार्यक्रम कार्यक्रमअन्तर्गत दादुरा रुवेला खोप अभियान बारे सचेत गराउन थालिएको छ । डोल्पा जिल्लामा एक कार्यक्रमका बीच खोप अभियानबारे जानकारी गराइएको हो । सन् २०२० मा रोटा भाइरसविरुद्धको खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

दादुरा रुवेला खोप संस्थागत,बाह्य खोप केन्द्र र घुम्ती खोप सेवा सञ्चालन गरेर सबै बालबालिकामा खोप लागइने छ । डोल्पा जिल्ला भूगोलमा निकै ठूलो जिल्ला भएको कारण थप घुम्ती खोप केन्द्रको स्थापना गरेर खोप लगाइ खोपबाट कुनैपनि बालबालिका बञ्चित हुन नदिने जिल्ला खोप समन्वय समितिले जानकारी दिएको छ ।

उपचार नहुने भएको हुदा समयमा नै खोप लगाउनु महत्वपूर्ण रहेको डाक्टर मछिन्द्र बडूलाले जानकारी दिए । उनले सरकारले अभियानको समयमा मात्रै नभएर अन्य समयमा पनि निरन्तरता दिइरहेको बताए । अहिले पनि ३० प्रतिशत बालबालिका खोपबाट बञ्चित रहेका छन् भने हरेक वर्ष साँढे छ लाख बालबालिकालाई खोप लगाउने गरिन्छ ।

यो रोग हाल पनि महामारिकै रुपमा रहेको छ । डोल्पाका ८ स्थानीय तहमा दुई चरणमा खोप सुरु गरिने छ । अभियानमा ३६२१ बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जानकारी दिएको छ । जिल्लाभर ११२ खोप केन्द्र र दुईसय २४ जना स्वयमसेवक र एकसय १२ जना खोप कार्यकर्ता खटिने छन् ।

चैत्र १६ गतेदेखि जिल्लाभर दादुरा रुवेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख डाक्टर जिजन रावलले जानकारी दिए । कोरोना भाइरसबारे जानकारी दिँदै चिकित्सक डोल्पामा पहिलो पटक कोभिट १९ कोरोना भाइरसबारे जानकारी दिन लागिएको छ । विश्‍व महामारीको रुपमा फैलिएको महिनौ भइसक्दा डोल्पामा पहिलो पटक डाक्टरले कोरोनाबारे जानकारी गराइएको हो ।

गाउँका सामान्य मानिसले समेत कोरोनाबाट त्रसित रहँदा जिल्लामा कुनैपनि क्षेत्रमा सुरक्षाका लागि हेल्पडेक्स राखिएका छैनन् । चीनसँग सीमाना जोडिएको डोल्पामा प्रभावकारी रुपमा लागिएको भने देखिँदैन । जुफाल बिमानस्थलमा सामान्य चेकजाँच गरिए पनि उपकरण भने प्रभावकारी नभएको नागरिकको गुनसो रहेको छ । कसरी बच्न सकिन्छ भन्नेबारे चिकित्सकहरुले सरोकारवालालाइ जानकारी गराइ रहेका छन ।

डोल्पामा पनि कोही हुन सक्ने भएकोले समयमा लक्ष्यण देखिएमा होमलेस आइसोलेसनमा बस्न र पठाउन सबैले सहयोग गर्न डाक्टर सिजन रावलले आग्रह गरे । जिल्लाका सबै क्षेत्रबाट जिल्ला भित्र प्रबेश गर्ने सबै नागरिकलाई चेकजाँच गर्ने हेल्पडेक्स राख्ने र प्रहरीले समेत विवरण राख्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

भारतबाट नेपाल र डोल्पा सम्म फर्किन थालेपछि स्थानीय त्रसित भएकाले हेल्प डेस्क र चेकजाँचमा कडाइ गरिने प्रजिअ सुनारले बताए । यसमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले सभा सम्मेलन जमघटमा सहभागि नहुन समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया