शनिबार दादुरा रुवेलाकाे खाेप लगेर गएकाे सरकारी गाडि प्रहरीकाे फन्दामा

 

सुर्खेत : पञ्चपुरी नगरपालिकाका नगर प्रमुख चढने बा २ झ ३४९७ नम्बरको गाडी शनिबार दुरुपयोग भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री तप्तबहादुर विष्ट र पञ्पुरी नगरपालिका वडा न ८ का वडा अध्यक्ष सहितको टिमलाई लिएर हिनेकाे सरकारी गाडिलाई विद्यापुर प्रहरीले नियन्त्रणमा लगेको हाे ।

उक्त गाडी शनिबार साझ तीन बज्ये नियन्त्रणमा लगि सके पछि गाडीमा आठ नम्बरका वडा अध्यक्ष भक्त प्रसाद पौडेल र ड्राइभर मात्रै रहेका थिए ।

पञ्पुरीनगरपालिका नगर प्रमुख उपेन्द्र थापाले दादुरा र रुबेलाको खोप सामाग्री स‌ँगै स्वाथ्यकर्मी र आठ नम्बर वडाअध्क्षयले गाडी लगेएको तर आफू गाडीमा नभएको बताएका छन । विहान पूर्व मन्त्री सहित आफू तातापानी गएको उनको उनकाे भनाइ छ ।

साथै युगन्युज संग कुरा गर्दै नगरप्रमुख उपेन्द्रले भने ‘पञ्पुरीबाट दादुरा रुवेलाकाे खाेप लगेर जादा दिउसो तीन बज्ये तिर प्रहरीले समातेको हाे’, ‘यस्ताे स्वास्थ्य जस्तो संमवेदनशिल काम गर्दा र औषधी लगेर जादा पनि  किन समातिएको हाे ।’ भन्ने कुरा आफुलाई जानकारी नभएको बताए ।

र प्रमुख प्रशासकिय अधिकृत हरि देवकोटाले यस विषयमा जानकारी नभएको बताएका छन् । उनले भने ‘म कार्यक्रमकाे लागि जिल्लामा गयकाे थिए । र विदाकाे दिन सरकारी पास लगेर गाडि चलाउँनु पर्ने हाे तर सरकारी पास नलगेकाे देखिएकाे छ ।’

यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख रमेश न्यौपानेले भने आफू आएदेखि पञ्चपुरी नगरपालिकाले अनुमति लिने काम नगरेको बताए । ‘मसँग अनुमति उहाँहरुले लिनु भएको छैन ।

मैले बुझे अनुसार उहाँहरुले नै अनुमति दिने काम गर्नु भएको जानकारीमा आयो ।’ उनले घुमाइ फिराई प्रहरी चौकीमा फोन गरेको स्वकिार गरेपनि समाउन र छोडन दबाब नदिएको बताए ।

तपाईको प्रतिक्रिया