त्रिपुरासुन्दरीमा स्थानीयले ठड्याए लिंगा (फोटोफिचर सहित)

मिना बुढा
डोल्पा, १९ चैत्र ।

नेपालकै प्रशिद्ध शक्तिपिठको रुपमा चिनिने डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा लिंगा ठड्याइएको छ । लकडाउनका बिच पनि चैत्र दँशै अर्थात चैत्र शुल्क अष्टमीका दिन भगवती,चण्डिका,महाराज र कालीका देवीका चारवटै काठका लिंगा ढलाएर ध्वजा पतका टाँगेर ठड्याइएको हो ।

यस बर्ष दुई वटा नयाँ लिंगा थपेर ठड्याइएको र पुराना लिंगा हटाइएको पुजारीहरुले बताए । कोराना भाइरस कोभिड–१९ बिरुद्ध पुर्व सतर्कता अपनाउन सरकारले लडकडाउन घोषणा गरेपछि स्थानीय मात्रै लाई लिंगा ठड्याउन हम्मे–हम्मे परेको थियो । एउटै लिगां बिस देखि तीस मीटर सम्म लामा हुने भएकाले पनि ढलाएर ठड्याउन मुश्किल हुने त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का स्थानीय तुलराम शाहीले बताउनुभयो ।
तर त्रिपुरासुन्दरी देबीका आर्शिवादका कारण मान्छेहरुले सोचे जस्तै गाह्रो नहुने र प्रत्येक बर्ष सजिलै ठड्याउन सकिने शाहीले जानकारी दिनुभयो । अनौठो भुगोल र अग्लो ठाउँमा मन्दिर भएकाले जोडले हावा चलेर लिंगा ठड्याउन गारो हुने बताइन्छ । माता त्रिपुरासुन्दरी कृपाले केही पनि नहुने भन्दै लिंगा ठड्याउन काममा सरिकहुन् त्रिपुराकोट,गल्ली,रल्ली र मद्धु,छल,पहाडा लगाएतका गाउँबाट भक्तजनहरु आएका थिए । कुल देवी त्रिपुरासुन्दरीको लिंगा ठड्याउने काममा सरिक भए सबैको मनोभावना पुग्ने उपस्थित भक्तजनहरुले बताए ।

 

सेना आएन

प्रत्येक बर्ष दुई पटक लिंगा ठड्याउन आउने सुलिगाड स्थित नेपाली सेनाको टोली यस पटक भने आएन् । सरकारले घोषणा गरेका लकडाउनका कारण धेरै मान्छेहरुको भिडभाड नगर्ने त्यस्तो ठाउँमा जान अनुमति नभएकाले आउन नसकिएको सेनाले जनाएको छ ।
सेना लगाएत जिल्ला बाट आउने शसत्र प्रहरी,जनपद प्रहरीको टोली यस बर्ष नआएपछि पनि स्थानीयबासीहरु मिलेर लिंगा ठड्याउन सफल भएका थिए । प्रहरीको टोली सुरक्षाका लागि भने मन्दिरमा पुगेको थियो । त्रिपुरासुन्दरी मन्दिरका लिंगा बर्षमा दुइ ढलाएर ठड्याउने गरिन्छ । चैत्र शुक्ल अष्टमी र असोज अष्टमीमा लिंगाहरु ढलाएर ध्वजा पतका सहित ठड्याउने प्रचलन रहेको छ ।

सुनसान दशैँ

सानो दशैँको रुपमा मनाइने चैत्र शुक्ल अष्टमीमा यसपटक भक्तजनहरु कम आएकोल सुनसान भएको छ । बअघिल्लो बर्षमा यतिखेर बिभिन्न जिल्लाबाट भक्तजनहरु आएर भरिभराउन हुने गरेता पनि यस बर्ष धेरै धेरै कम भक्तजन आएको मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । यस अवधिमा घटस्थापना देखि नवमीको दिनसम्म बोका बली सहितको देबीको विशेष पुजाआजा हुने गर्दछ भने देबीको दर्शन गर्नाले मनले सोचेको पुराहुने विश्वास रहेको छ ।
सरकारले घोषण गरेको लकडाउन कारणले पनि कम मान्छे आएको पुजारीहरुको भनाई छ । यस बर्ष मान्छेहरु नआएकै काणले दशैँ लाई लक्षित गर्दै स्थानीय होटेल पसलहरु भने खोलिएन् । त्रिपुरासुन्दरी नगरपालिकाले भने मन्दिर स्थित कालो ढोकामा हेल्थ क्याम्प खडा गरेर मन्दिरमा आउने भक्तजनको स्वास्थ्य जाँचको व्यबस्था मिलाएको थियो ।

तपाईको प्रतिक्रिया