२०८१ फाल्गुन २९
×

Now Playing

कोरोनाविरुद्ध जनचेतना फैलाउदै बड्डिचौर खानेपानी

ओम शाही
सुर्खेत, २३ चैत
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलन नदिन सरसफाइ सामग्री वितरण तथा जनचेतनालाई तीव्र पारिएको छ । बराहताल गाउ“पालिका–५ र ८ नं. वडामा सञ्चालित बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शुक्रबारदेखि प्रत्येक उपभोक्ताको घर–घरमा पुगी सो कार्यक्रम गरिरहेको छ ।

उक्त कार्यक्रममा संस्थाको कार्यक्षेत्रभित्र पर्ने प्रत्येक उपभोक्ताको घरमा पुगेर साबुन वितरण गरिनुका साथै कोरोनाबाट बच्न नियमित हात धुन, भिडभाडमा नजान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, भारत तथा विदेशबाट आएकाहरुलाई अनिवार्य कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै माइकिङमार्फत जनचेतनामुलक घरदैलो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए ।

उनकाअनुसार अहिलेसम्म गाउ“पालिकामा संकास्पद बिरामी नेभेटिएको भए पनि यसको संक्रमणबाट जोगिनका लागि समयमै उपभोक्ताहरुलाई सचेत गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउदै संस्थाले चैत र बैशाख महिनाको खानेपानी महशुलमा १० प्रतिशत छुट दिने निर्णयसमेत गरेको जानकारी दिए ।

बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *