धारामा पानी आएन


सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–३ तातापनीमा एक वर्षदेखी धारामा पानी नआएको स्थानीयले बताएका छन् ।

सडक निर्माणका क्रममा पाइप लाइनमा क्षती पुगेपछि सुन्दरमार्ग टोलमा गतवर्ष मंसिरदेखी धारामा पानी सञ्चालन नभएको हो ।
४३ घरधुरी टोलमा धारामा पानी नआएकै महशुल र जरिवना बुझाउन परेको सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष कृष्णा ओलीले जानकारी दिइन् ।

‘धारामा पानी नआउँदा बोकेर पिउनु परेको छ’ ओलीले भनिन्, ‘सुर्खेत उपत्यका खानीपानी संस्थालाई यसविषयमा जानकारी गराउँदा समेत बेखवरहुँदा पिउने पानीबाट बञ्चित हुनुपरेको छ ।’ सडक र नाली निर्माणका क्रममा क्षती पुगेको व्यक्तिगत पाइप लाइन स्थानीय आफैले जडान गरिसकेकाले धारामा पानी सञ्चालन गरिदिन आग्रह गर्दा संस्थाले कुनै सुनुवाई नगरेको ओलीको गुनासो छ ।

सुर्खेत उपत्यका खानीपानी संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले सडक निर्माणमा पाइपमा क्षती पुगेपछि पानी सुचारु गर्न समय लागेको बताए । उनले वडा कार्यालयले नै पाइप व्यवस्थापन गरिसकेकाले पानी सुचारुका विषयमा बुझेर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया