जुम्ला ,३ पाैष ।
आकाशेपानीको भरमा खेती गरिरहेका तिला गाउँपालिका–२ का हरिलाल रावतले केही वर्ष खडेरीका कारण जग्गा नै बाँझो राखे । ‘खडेरी परेको प¥यै हुनाले बाली लगाए पनि उब्जनी भएन । त्यसैले २÷३ वर्ष त जग्गा बाँझो नै राखे । उनले भने, ‘तिला नदी तल र गाउँ माथि हुँदा सिँचाइ र खानेपानीको लामो समय ठूलो अभाव भइरह्यो ।’
उनका छिमेकी धनबहादुर रावत झन् सिँचाइ समस्या नहुँदा आफ्नो ७ रोपनी जग्गा बाँझो राखेर जीविकोपार्जनका लागि झण्डै ५ वर्ष भारतमा गए । ‘सिँचाइ नहुँदा आफ्नो उत्पादनले खान नपुग्ने, परिवार पाल्नै समस्या भएपछि भारतमा मजदुरी गर्न पनि गइयो,’ उनले भने, ‘कुनै बेला गाउँ तलको तिला नदीको पानी हेरेर चित्त बुझाउनुपर्ने बाध्यता थियो ।
’ लिप्ट सिँचाइ योजनामार्फत गाउँमा पानी पुगेपछि उनीहरू अहिले भने दंग छन् । गाउँमा खानेपानीको अभाव भएकाले सिँचाइकै पानीलाई स्थानीयले शुद्धीकरण गरेर पिउन थालेका छन् । अहिले लामो समयदेखि बाँझो रहेका तिला–२ लिही र लर्मी गाउककका जग्गाहरू हरियालीमा परिणत भएका छन् ।
‘न अब सिँचाइको समस्या रह्यो न खानेपानीको,’ धनबहादुरले भने, ‘सबैले पाखोबारीमा विभिन्न तरकारीसँगै स्याउ र ओखर रोप्ने तयारी थालेका छौं ।’ सार्वजनिक जग्गामा धुपी, सल्लो र देवदारका बिरुवा रोपण गरेर हरियाली बनाउने स्थानीयको योजना छ ।
लिप्ट गरेर तिला नदीको पानी ३ सय ७० मिटरको उचाइमा लगिएको हो । जसका लागि एक लाख लिटरको ठूलो रिजर्भ ट्यांकी बनाइएको छ । ३०÷३० हजार लिटरका ४ वटा ट्यांकी बनाइएको छ । ट्यांकीमा जम्मा भएको पानीलाई पाइपमार्फत किसानहरूको खेतहरूमा पु¥याइएको सहयोगी निकाय पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए ।
उनका अनुसार लिप्टबाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा खस्ने गरेको गरेको छ । जसका लागि १ हजार ३ सय २० मिटर जीआइ पाइप र ४ हजार मिटर एचडी पाइप जडान गरिएको उनले जानकारी दिए ।
योजनाबाट ३२ हेक्टर जमिन सिञ्चित भएको उनको भनाई छ । ‘स्थानीयले घरघरमा प्लास्टिक टनेलको प्रयोग गरी हरियो तरकारी उत्पादन गर्न थालेका छन्,’ उनले भने, ‘अन्तर खेती प्रणालीको माध्यमबाट उत्पादकत्व बढाउन प्रयास सुरु गरिएको छ ।’
योजनाबाट ३ सय ३८ घरधुरी लाभान्वित भएको उनले बताए । उनका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सिँचाइ योजना निर्माण भएको हो । लिप्ट गरेर गाउककभन्दा माथि पनि पानी तानिएकोले आगलागीजन्य प्रकोपका घटना न्यूनीकरणमा सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए ।
कान्तिपुर
युग संवाददाता । । ३ पुष २०७९, आईतवार १४:५०