सिम्तामा एक हप्ता ‘शिल’

दुर्गा विसी
सुर्खेत (सिम्ता), २३ बैशाख ।
सुर्खेतको उत्तर पूर्वी क्षेत्र सिम्ता गाउँपालिका एक हप्ता शिल हुने भएको छ । गाउँपालिकामा मंगलबार बसेको जनप्रतिनिधि, व्यापारी, सुरक्षाकर्मी, स्थानीय र अन्य सबै सरोकारवाला निकायहरुको सर्वपक्षीय वैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनुभएको छ ।

सिम्ता गाउँपालिका भित्रका अत्यावश्यकिय साधन विरामी एम्बुलेन्स बाहेक अन्य खाद्यान्न, तरकारी, पैदल हिडडुल समेत गर्नमा रोक लगाइएको छ । अत्यावश्यक साधन एम्बुलेन्स वाहेक अरु सवारी साधन समेत चल्न नदिने जनाएको छ ।

सिम्ता गाउँपालिका भित्रमा एक हप्तासम्म नागरिक अन्य कतै आवत जावत र हिडुलसमेत गर्न रोक लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिम्ताका टोल टोलमा रहेको युनिट एक्सनलाई चलाएमान बनाउने जनाएको छ । उक्त निग्रानी समुहले सुरक्षा निकायसँग समन्वय गरी गाउँपालिका पुर्णरुपमा बन्दको रेखदेख गर्ने जनाएको छ । प्रहरीसमेत यो कार्यमा कडाइका साथ लाग्ने जनाएको छ । मेडिकल, स्वास्थ्य, गाउँपालिका बाहेक अन्य कार्यालय तथा सम्पूर्ण पसलहरुसमेत बन्द गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया