२०८१ चैत्र १
×

Now Playing

भालुको पित्त सहित एक जना पक्राउ

 सुर्खेत,१७ माघ ।

वीरेन्द्रनगरमा भालुको पित्त सहित एक जना पक्राउ परेका छन् । मंगलवार बिहान पौने ११ बजेको समयमा जुम्लाको तिला गाउँपालिका ५ का ३६ वर्षीय मान बहादुर शाहीले कस्तुरीको पित्त भनि बजारमा एक लालको एक सयका दरले विक्री गरीरहेको अवस्थामा सादा पोसाकमा खटिएको कर्णाली प्रदेश प्रहरीको टोलीले उनलाई वीरेन्द्रनगर स्थित मंगलगढी चोकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक डल्लो ४४ दशमलव ८९ मिलिग्राम भालुको पित्त साथै पित्त नापजाँच गर्ने एक थान डिजिटल तराजु, एउटा टर्च मोबाईल र ४ सय ६५ नगद पैसा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भईरहेको कार्कीको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *