२०८१ फाल्गुन २९
×

Now Playing

विवाह खर्च कटाएर कोरोना अस्पताललाई सहयोग

रुकुम, ३१ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका राप्ती व्यूरो सदस्य तथा रुकुम पश्चिम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले विवाहको फजुल खर्च कटौती गरेर कोरोना अस्पताल र सहिदका छोराछोरीलाई आर्थिक सहयोग गरेका छन् । भूमिगत शैलीमा जनवादी विवाह गरेका चन्द्रबहादुरले रुकुम पश्चिममा रहेको कोरोना अस्पताल आठवीसकोट र दाङका सहिद गोकुल रानाका छोराछोरीलाई २५/२५ हजार रूपैयाँ सहयोग गरेका हुन् ।

रुकुम पश्चिम आठवीसकोट नगरपालिका–८ का बुढा त्रिवेणी गाउँपालिका–३ की मेनुका ओलीसँग विवाह बन्धनमा बाँधिएका छन् । विवाहमा हुने फजुल खर्च कटौती गर्दै सीमित खर्चमा विवाह गरेको चन्द्रबहादुरले बताए । ‘विवाहमा फजुल खर्च गरेर त्यसको उपलब्धि हुँदैन,’ उनले भने, ‘त्यसैले अस्पताल र सहिदका छोराछोरीलाई थोरै भए पनि आर्थिक सहयोग गरेका हुँ ।’

यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ । चन्द्रबहादुरले २०७३ पुस ८ गते अख्तियार दुरुपयोग अुनसन्धान अयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए । साथै २०७६ असोज २९ गते नेत्रविक्रम चन्दका दाई चन्द्रबहादुर चन्दसहित दाङबाट पक्राउसमेत परेका थिए । करिब ६ महिनापछि हिरासतमुक्त भएको उनको भनाइ छ ।

‘अहिले विश्व कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा छ,’ उनले भने, ‘यस्तोबेला फजुल खर्च होइन गरिब, असाहय, विपन्न, सहिद परिवारलगायतलाई राहत तथा सहयोग चाहिएको छ ।’ आर्थिक मितव्यता र सांस्कृतिक रुपान्तरण कोणबाट जनवादी विवाह आवश्यक भएको भन्दै उनले भने, ‘अनावश्यक खर्चभन्दा उपलब्धि हुने गरी खर्च गर्नुपर्छ ।’

विवाह खर्च कटाएर कोरोना अस्पताललाई सहयोग

थप २४ जना गरी २४३ मा कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *