शारीरिक अशक्तलाई घरमै पुगेर नागरिकता

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शारीरिकरुपमा अशक्त एक किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । दैलेखको भगवतीमाई-२ हाल वीरेन्द्रनगर-११ बस्ने १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । बिहीवार प्रशासनले शारीरिकरुपमा पूर्ण अशक्त रहेकी बोहराको घरमै पुगेर नागरिकता प्रदान गरहेको हो ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्य थापाले शितला कार्यालयमा आउन नसक्ने अवस्थामा भएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको निर्देशन अनुसार घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । शर्माका अनुसार प्रशासनले शारीरिक पूणर् अशक्त अपांगता भएका नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । सुर्खेत प्रशासनले एक वर्षको अवधिमा तीन जना अशक्तहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शितला मस्तिष्क पक्षघातबाट ग्रसित छिन् । राष्ट्रिय अपांग महासंघको सहजीकरणमा शितलालाई नागरिकता प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया