सिद्धकुमाख गाउँपालिका–४ खार्बन बस्ने शर्मिला बुढाथोकीले आफ्नै सासुको हत्या गरेकी छिन् । बुढाथोकीले ४९ वर्षिय गणेशी रोकाकोे हत्या गरेकी हुन् । उनले चिर्पट दाउँराले टाउँकोमा हानेर सासु रोकाको हत्या गरेकी थिईन् ।
मृतक गणेशी रोका असोज १५ गते बेलुकादेखि घरबाट हराएको भनेर परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म उनि कतै सम्पर्कमा नआएपछि गाउँलेहरुले खोजिकार्य गर्न थालेका थिए ।
खोजिकार्य गर्दा मृतक गणेशी रोका बिहीवार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएकी हुन् । बिहीवार गाउँलेहरु मृतकको घरमा जम्मा भएको बेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
सासुको हत्या आरोपमा १८ वर्षिय शर्मिला बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले पक्राउ गरेको छ । उनले मृतकको कान्छा छोरा अम्मर रोका संग २०८० बैशाख महिनामा प्रेम विवाह गरेकी थिईन् । सासुको हत्या आरोपमा यहि असोज १९ गते सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर–४ खार्बनबाट पक्राउ परेकी हुन् ।
उनले सासुले आफुलाई छोरा नभएको बेला पटक–पटक मानशिक तथा शारिरीक यातना दिएका कारण सासुको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायव उपरिक्षक नवीन कार्कीले जानकारी दिए ।
घटना विवरण
गत असोज १५ गते हराएकी भनिएकी मृतक गणेशी १८, असोजमा विहान सवा ८ बजेतीर आफ्नै घरको भुई तला स्थित धान राख्ने भकारोमा मृत फेला परेकी थिइन् । इन्सपेक्टर श्रेष्ठको टोलीले उक्त घटनालाई शुक्ष्म रुपले अनुसन्धान गर्दा आफ्नै बुहारीले हत्या गरेको पुष्टी भएको हो ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ सेरा माइती घर भएकी शर्मीलाले मृतक गणेशीका कान्छा छोरा अमर रोकासंग गएको बैशाखमा प्रेम विवाह गरेकी थिइन् । मृतकका छोरा अमर मामाको घरमा टिमुर टिप्न र छोरी विद्यालय गएको बेला १५, असोजको दिन दिउँसो खेतमा धान चुट्ने समयमा सासुवुहारीको विच घरायसि विषयमा विवाद भएको थियो ।
धानखेतबाट फर्किसकेपछि कोही नभएको अवस्थामा सासुवुहारीविच दिउँसो ३ बजेको समयमा पुनः घरको विचकोठामा दुबैजनाविच विवाद हुँदा वाहिर भान्सा नजिकै राखेको दाउरा लिएर बुहारी शर्मीलाले सासुलाई टाउकोमा प्रहार गरेकी थिइन् ।
प्रहरी प्रवक्ता इन्सपेक्टर श्रेष्ठ भन्छन्, ‘दाउराले प्रहार गर्दा सासु गणेशी भुईमा लडेपछि सोही दाउराले शरिरका अन्य भागमा पटक पटक प्रहार गरी छटपटाईरहेको अवस्थामा कपडाको सलले घाँटीमा कसेर हत्या गरेको देखिन्छ ।’
शर्मीलाले सासुको मृत्यु भएको एकिन भएपछि शवलाई उक्त घरको दक्षिण तर्फ रहेको कोठामा रहेको काठको धान राख्ने भकारोभित्र लुकाई छिपाई राखेको तथा घटना लुकाउने उद्देश्यले घटना भएको कोठामा लतपतिएको रगत समेत छिपाउन लिपपोत गरेकि थिइन् । मृतक गणेशीका श्रीमान, तीन छोरा, दुई बुहारी र एक छोरी छन् ।
युग संवाददाता । सुर्खेत । २१ आश्विन २०८०, आईतवार १९:२०