कविता: पापीयका आत्माहरु

होम बहादुर गौतम

बदमासलाई बाङ्गै बाटामा
हिड्दा पनि ठेस नलाग्ने
सोझो मान्छेलाई सोझै बाटामा
हिड्दा हिड्दै अचानक ठेस लाग्ने
कस्तो पछुतो र पश्चतापको जीवन हो यो
जीवनमा धेरै पटक घटनाहरु घटीसके यहाँ
पिडै पिडाहरुले पहाड बनेको छ जीवन
रुँदा रुदै हजारौ आँशुका थोपाहरुले समुन्द्र बनीदियो
पिडै पिडाहरुको आगोले हृदय जलीरहदा
यो कलो हृदय पनि डुङ्गा जस्तै भईदियो यहाँ ।
अज्ञानता र निष्ठुरी तिनि पापी आत्महरुले
धोका, हण्डरहरु दिदै आए जीवनमा
किन दुख्दछ हृदय भन्दथे मैले
पिडै पिडाहरुको व्यवथा बल्झिएछ
तिनी व्यथाहरुलाई उपचार गर्ने
आफ्नो आर्थिकतामा जेथा सकिएछ ।
छन् गेडा सबै मेरा
छैनन् गेडा सबै टेढा ।

धेरै सोझो भईदिए भने
जो सोझो यसको मुखमा घोचो भनेजस्तै
आफ्नो रगतहरु पनी पापीदोरहेछ यहाँ
तिनी पापीयका रगतका सड्यन्त्रकारी राजनीतिले
जीवनभरी जताततै चुचौतीहरु मात्र थपीदिए यहाँ ।

वितेको पैतीस वर्ष अगाडी देखी
जीवनमा पाउनु दुःख पाय मैले
हातमुख जोड्ने उपाय पनी नभएर
निसासीयर बिरकत भएको चिन्तनको समयमा
अकस्मात ढुंगा खोज्दा देवता मिल्यो भनेजस्तै
भगवानले हात थापी दिएका थिए मलाई
तिनी पापीएका दानवहरुले
य दानवहरु मलाई धोका, हण्डरहरु किन दिन्छौँ
आखिरमा तिमी दानवहरु पनि
उनैको पेवा बनी बसेका छौँ यहाँ
मानवहरुको सृष्टी जसले गरीदिए त्यहाँ
उनीसँग सत्यको अगाडी असत्यमा
दानवहरुले पराजय भोग्नु पर्दछ त्यहाँ ।

मानिसहरुमा सोचे जस्तो हुन्न जीवनमा
जहाँ मानिसहरु उनैको यात्रु बनेको छन् त्यहाँ
चालकहरुलाई छलेर आफुनै चाकल बन्न खोज्दछन्
पापीयका तिनी आत्महरुले
उनलाई छलेर छलीदैनन्
अन्तरआत्मा हुन्छन् साक्षी त्यहाँ ।
पापहरु धुरीबाट कराउँदछन् भन्ने उखान जस्तै
पापले सत्यको बाटो नपाएर
क्षणीक समयमा नै नराम्रोसँग
दुर्घटनामा पर्दछन् तिनी दानवहरु त्यहाँ ।

मानिसहरु जन्मिएपछी एक पटक मर्नु पर्दछ
मानिसहरु अजम्बरी कोहीपनी हुदैनन् यहाँ
जन्म र मरण सत्य हो
त्यो बिचको समयमा
रीस, निन्दा, पाप, लोभ, लालच, स्वार्थ
मानव जीवनमा नौटंकी नाटकहरु हो
मानिसहरुलाई रीस, निन्दा, पाप, लोभ,
लालच र स्वार्थमा भुलाउने दुइ दिनको
जीवनमा बाचुन्जेल मात्र हो ।

किन गल्ती बदमासी गर्दछन् मानिसहरुले जीवनमा
जीवन त अनिश्चित कर्कलाको पातको पानी जस्तै रहेछ त्यहाँ
हावाले कर्कलाको पातको पानीलाई भुईमा खसाली दिन्छ
तब जीवन त अधुरो र अनिश्चित रहेछ भनी
घटनाको हृदयबाट व्युझिदिन्छन् मानिसहरु यहाँ ।

बन डढेको सबैले देख्छन् त्यहा
मानिसको मन डढेको कसले देख्दछ र यहाँ
मानिसले मानिसलाई छल्न खोजेपनी
ईश्वरको कानूनलाई कसले छल्न सक्दछ त्यहाँ ।

(वीरेन्द्रनगर–७, इत्राम, सुर्खेत ।)

तपाईको प्रतिक्रिया