‘भूकम्प पीडितलाई प्राथमिक मनोवैज्ञानिक उपचार सहयोग गरौं’
भूकम्पका कारण नागरिकहरुले ठुलो क्षति व्यहोर्नुप¥यो । यस्तो अवस्थामा भूकम्प पीडितलाई मनोवैज्ञानिक असर समेत परेको छ । पीडितको मानोविज्ञानलाई थप बलियो बनाउन के गर्नुपर्ला, यो अवस्थामा पीडितहरुमा के कस्ता समस्याहरु देखा पर्छन् ? लगायतका विषयमा हामीले कोशिश संस्थाका मनोविमर्शकर्ता नरेन्द्र शर्मासँग कुराकानी गरेका थियौँ । मनोविमर्शकर्ता शर्मासँग गरिएको कुराकानी जस्ताको त्यस्तैः
‘जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले निकै डरलाग्दो रुपमा धन जनको क्षति गरेको छ । धेरै मानिसहरुले अकालमा जीवन गुमाउनु परेको छ । घरहरु तहसनहस भएका छन् । मानिसहरुले अकल्पनिय क्षति बेहोर्नु परेको छ ।
यो भावनात्मक रुपमा विक्षिप्त बनाउने घटना हो । यस्तो मनोबैज्ञानिक संकट र बिचलनको बेला मानिसहरुमा थुप्रै प्रकारका संबेगात्मक बिचलनहरु देखा पर्ने हुन्छ । यो प्राकृतिक विपत्तिको ताजा अबस्था हो । यतिखेर भूकम्पको माहामरीमा परेका व्यक्तिहरुको शारीरिक अबस्था मनको अबस्था र उनीहरुको दैनिकीमा परिवर्तन आएको छ ।
धेरै डर लाग्ने, चेत गुमेको जस्तो हुने, अतिनै मन आत्तिने अस्थिर हुने, रिगटा लाग्ने, असुरक्षाको भावना आउने, निन्द्रा नलाग्ने, बेचैन हुने, जिउ हातखुट्टा र मेरुदण्ड गल्ने तथा दुख्ने हुनसक्छ । ठुलो प्राकृतिक प्रकोप महाविपत्ति भूकम्पको प्रकोपको भईरहरको बेला हामीले हाम्रो मन, भावना र संबेगको स्याहार गर्नु पर्ने हुन्छ ।

खास गरि प्राकृतिक प्रकोप महाविपत्तिको बेला अग्रपंत्तिमा बसेर काम गर्ने मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता र स्वयम् सेवकहरुले भूकम्प पिडितहरुलाइ स्याहार गर्दा उनीहरुलाई तत्काल राहत महसुस हुने, अस्थिरता बाट स्थिरता तर्फ ल्याउन सहयोग गर्ने अनि उनीहरुलाइ वास्तविक अवस्थामा ल्याउन सकिने गतिविधिहरु गर्दै प्राथमिक मनोबैज्ञानिक उपचार सहयोग गर्नु पर्ने हुन्छ । जस्तै यस्तो बेला गहिरो स्वास प्रश्वासको क्रियाकलाप, ग्राउण्डिङ्ग जस्ता चेतना र स्थिरता ल्याउने क्रियाकलाप गर्नु पर्ने हुन्छ ।
यतिखेर शोकमा परेका परिवारका सदस्यहरुलाई शोक ब्यक्त गर्न मद्दत गर्नुपर्छ । सबै इन्द्रीय प्रयोग गरेर भावानुबाद गर्दै खुल्ला प्रश्न गरेर शोकमा परेका व्यक्तिहरुको कुरा सुन्दै शोक व्यवस्थापन गर्न मद्दत गर्दा भोलि आउँसक्ने जटिल खालको मानसिक समस्या हुनबाट बचाउन सकिन्छ । यो बेला बालबालिका, महिला किशोर किशोरी अपाङ्गता भएका व्यक्तिहरु र बुढाबुढीलाई धेरै संबेगात्मक बिचलन र मनोबैज्ञानिक संकट परेको हुन्छ ।
त्यसैले महाबिपत्तिको बेला अग्रपंत्तिमा बसेर काम गर्ने मनोबिमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता र स्वयम् सेवकहरुले जोखिमपूर्ण अवस्था र उमेर समुहका व्यक्तिलाई विशेष स्याहारको लागि समय छुट्टायाउनु पर्ने हुन्छ ।
यति खेर अनाबश्यक रुपमा सान्त्वना दिने, अनाबश्यक रुपमा सम्झाउने, केहि समयपछि सबै ठिक हुन्छ भन्ने र बाचियो यों नै ठुलो भाग्यको कुरा हो भन्ने जस्ता कुरा गर्नु हुदैन ।
बरु यसको सट्टा गुमाएको कुरा प्रति शोक ब्यक्त गर्न कुराकानी सुनिदिनु पर्ने हुन्छ, राहत तथा उद्दार गर्ने निकायसंग तत्कालको आधारभूत आवश्यकता परिपूर्ति गर्न सिफारिस गरिदिनु पर्दछ । यस्तो प्राकृतिक प्रकोप महाबिपत्तिको बेला अग्रपंत्तिमा बसेर काम गर्ने मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता र स्वयम् सेवकहरुले आफ्नो पनि आराम सुरक्षा र भावनाको स्याहार गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो समुहमा मनको भावनाको कुरा आदान प्रदान गर्दै भूकम्प पिडितहरुलाइ मनोबैज्ञानिक स्याहार गरौ ।’