संघर्षले बदलेको जीवन

गुर्भाकोट नगरपालिका–५ की सम्झना शाही २६ वर्षको भईन् । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतमा स्नातकोत्तर तह चौँथो सेमेस्टरमा अध्ययनरत उनी प्रावि तहको शिक्षक हुन् । सरकारी जागिर भन्ने नाम मात्र सुनेकी उनले अहिले आफु नै सरकारी जागिरमा प्रवेश गरेकी छिन् । सरकारी जागिरमा प्रवेश गर्छु होला भन्ने लागेको थिएन् उनलाई । बढ्दो उमेर र पढ्दै गर्दा जागिर गर्नुपर्छ भन्ने उनको मनमा लाग्यो । गाउँकै आठ कक्षा सम्म पढाई हुने विद्यालयमा शिक्षकको आवश्यकता परेपछि विद्यालयले नगर अनुदान स्वरुप कर्मचारी विज्ञापन ग¥र्यो । विज्ञापन गरेपछि सम्झनाले फर्म लगाइन् र छनोट पनि भईन् ।

विद्यालयको नियम अनुसार नै अस्थाईको लागि सम्झना गाउँकै विद्यालयमा नियुक्ति भईन् । सम्झना नियुक्ती भएको केहि महिना मै विद्यालयले तलव दिन नसक्ने भनेपछि सम्झनालाई विद्यालयले हटायो । विद्यालयले हटाएको केहि महिना मै विद्यालयले फेरी पढाउन प¥यो भनी आग्रह गर्यो र सम्झना फेरी त्यहि विद्यालयमा पढाउन लागिन् । आर्थिक अभाव र समाजको व्यवहारले समेत आफुले केहि गर्नुपर्छ भन्ने सोच उनको मनमा लाग्यो । सानोतिना भएपनि जागिर गर्छु भन्ने उनको मनले सोचिरहेको थियो ।

स्नातक तहको दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा उनले नगर अनुदानमा गाउँकै विद्यालयमा पढाउन थालेकी हुन् । पढ्दै, पढाउदै उनले स्नातक तह उतीर्ण गरिन् । २०७८ मंसिर ६ गते स्नातकोत्तर तह अध्ययन गर्नका लागि वीरेन्द्रनगर आएकी सम्झना शिक्षक सेवा आयोगको पनि तयारी गरेकी थिईन् । गाउँको विद्यालयमा पढाउने क्रममा अन्य शिक्षकले शिक्षक सेवा आयोगको तयारी गर्ने गरेको उनले बताईन् । उनी पनि विद्यालयका शिक्षकहरुसँगै तयारी गर्न थालिन् । सरकारी जागिर खानुपर्छ भन्ने सोच उनको मनमा लाग्यो ।

सबै शिक्षक आयोग नै तयारी गर्ने भएर पनि आफुलाई विद्यालय पढाउँदा आयोगको तयारी गर्न सहज वातावरण मिलेको बताईन् । सबै शिक्षक खाली समयमा एक अर्कालाई सोधासोध गर्दै पढ्ने गरेको सम्झना बताउँछिन् । यसरी नै सरकारी जागिर प्रति मोह जाग्न थालेको उनले बताईन् । सम्झनाले आयोगकै तयारी गर्ने भनी आफुले पढाउँदै गरेको विद्यालयमा राजिनामा दिएर वीरेन्द्रनगर आएकी थिईन् । स्नातकोत्तर तह सँगै शिक्षक सेवा आयोगको तयारी गरेकी सम्झनाले २०७८ माघमा प्राविको विज्ञापन खुलेपछि फर्म लगाईन् । विहान क्याम्पस र बेलुका ट्युसन कक्षा लिएर पढाईलाई निरन्तरता दिईन् । २०७८ माघमा शिक्षक सेवा आयोग प्रावि को विज्ञापन पनि खुल्यो । सम्झनाले र्फम लगाईन् । क्याम्पसको पढाईलाई भन्दा आयोगको पढाईलाई बढि प्राथमिकता दिईन् । पहिलो पेपर, दास्रो पेपर पास गर्दै अन्तरवार्ताबाट पनि पास भई सरकारी जागिरमा प्रवेश गरिन् । उनी सुर्खेत जिल्लाबाट चार नम्बरमा नाम निकाल्न सफल भईन् । विहान ५ बजे उठेर क्याम्पस जाने र १० बजे कोठा आउने, खाना खाएर आयोग तयारी गर्ने गरेको उनले बताईन् ।

साँझ ११ बजे सम्म पढ्ने गरेको बताईन् । समयलाई व्यवस्थापन गर्दै विषयवस्तु अनुसार पढेपछि नाम निकाल्न सहज हुने उनले बताईन् । आफुले पढाउने गरेको गाउँकै विद्यालयमा सिफारिस भएको र त्यहि विद्यालयमा पढाउने गरेको उनले जानकरी दिईन् ।

सम्झनाले भनिन्, ‘मेरो पढाई त्यति राम्रो थिएन्, ट्यालेन्टले मात्र जागिर गर्छन होला । हामि त जागिर खान सक्दैनौँ भन्ने लाग्थ्यो । इच्छाशक्तिका साथ मेहनत गर्नेलाई केहिले असर गर्दैन रहेछ ।’

प्रतिस्पर्धा अरुसँग नभई सधै आफैसँग गर्नुपर्ने उनले बताईन् । ‘अरुलाई हेरेर प्रतिस्पर्धा गर्नुभन्दा आफुलाई कहाँ लाने, आज म कहाँ छु, भोलि कहाँ हुन्छु भनेर आफुलाई तुलना गरेर अगाडि जानुपर्छ’, सम्झनाले भनिन् ।

उनले भनिन्, ‘एउटा लक्ष्यमा फोकस भएर हिँड्यो भने कसैले रोक्न सक्दैन । यसरी अघि बढ्नेलाई कसैले रोक्न सक्दैन । त्यही भएर होला कहिल्यै पनि मलाई कुनै चुनौती आएनन् ।’

क्याम्पस पढ्दा समेत सरकारी जागिर खानु पर्छ भनेर आफ्नो दिमागमा कहिल्यै नआएको बताईन् ।

उनले आफ्नो करियर बनाउछु भनेर सोच पनि नबनाएको बताईन् । बढ्दो उमेर भएर होला दिमागमा यस्ता कुराको मतलव नै नगरेको उनी बताउँछिन् ।

सम्झनाले अगाडि बढ्न लागेको बेला अनेकन चुनौती आउने गरेको बताईन् । चुनौतीको सामना गरेर अघि बढ्ने हो कि पछि हट्ने भन्ने विषय आफैमा भर पर्ने उनको भनाई छ । उनले भनिन्, ‘इच्छा हुनेका लागि अवसरको कमी छैन । हामीले केवल आफ्नो सोच बदल्नु पर्छ ।

अनि मात्र संघर्षले जीवन बदल्छ ।’ छोरा भन्दा छोरीलाई धेरै पढाउँनु हुन्न भन्ने समाजमा आफु एक उदारण भएको उनले बताईन् । यति मात्र नभई आफुलाई समाजले हेर्ने दृष्टि नै परिवर्तन भएको महशुस आफुले गरेको सम्झना बताउँछिन् ।

आमा भन्ने नै थाहा पाएन

सम्झना १३ महिनाको हुँदा सम्झनाको आमाले उनलाई मावली घर लगेर छोडेकी थिईन् । सम्झनाले भनिन्, ‘मेरो आमालाई घरमा नराम्रो व्यवहार गरेका कारण मलाई मेरो मामा घर लिई छोड्नु भएको होरे । म जन्मे पछि छोरी जन्मियो भनेर झनै हेला गरेका रहेछन् ।’

घरमा जे जस्तो भएपनि घरजम गरेर बस्छु भनेर आमाले आफुलाई मामा घर छोडि घरको काम गरेको उनले बताईन् । आफु ६ वर्षको हुँदा झाडापखलाले आमाको ज्यान नै लगेको सम्झना बताउँछिन् ।

आमाको मृत्युपछि सम्झनाको घरबाट उनलाई लिन कोहि नगएको उनले बताईन् ।

सम्झनाले भनीन्, ‘म ८/९ वर्षको हुँदा बुबा लिन आउनु भएको थियो रे, म नचिनेरै भागेकी थिए रे ।’ सायद पहिला भेट गर्न पनि नआएको भएर होला आफुले बुबालाई चिन्न नसकेको कुरा सम्झनाले बताईन् ।

मामा घर बाजे बजैले हुर्काएको भएर होला बुबाआमा भन्ने थाहा नै नभएको बताईन् । जव उमेरसँगै थाहा पाए अनि मात्र बुबाआमाको माया कस्तो हुन्छ भन्ने लागेको बताईन् । उनले भनीन्, ‘बुबा त हुनुहुन्छ तर पनि आफुसाथ नहुँदा नराम्रो लाग्ने गर्छ ।’ बुबाले आमाको मृत्यु भएको केहि वर्ष पछि अर्की विहे गरेर बसेको उनले बताईन् । मायामा कसैको कमि त भएन तर बुबाआमाको माया आफुले अनुभव गर्न नपाएको उनले बताईन् ।

उनले भनिन्, ‘आमा र बुबा दुवैको माया त पाएन तर मामा घरमा मायाको कमि भने कहिल्यै भएन । आमाले छोडेर गएपछि म मामा घरमै हुर्किए ।

मामाघरका बाजे बजै नै मेरो आमा बुबा भए । बुबाआमाको माया जस्तै गरी मामाघर बाँजेबजैले हुर्काउनुभयो ।’

पढ्नुपर्छ भन्ने उत्प्रेरणा मामाबाट पाएँ

सम्झना प्रावि शिक्षक हुनुमा सहयोग भने उनको मामाको हरेको बताईन् । मामा कै उत्प्रेरणाबाट प्रावि शिक्षक भएको उनको भनाई छ । सम्झनाले भनिन्, ‘पैसाको लागि मामाले कहिल्यै नाई भन्नुभएन ।’ मामाको यो प्रेरणा नभएको भए यो स्थानमा नपुग्ने उनले बताईन् ।

सम्झनाको मामा घरमा घरको खर्च टार्ने नै उनको मामा बलबहादुर चन्द मात्र थिए । घरको जिम्मेवार व्यक्ति मामा हुँदा मामालाई धेरै समस्या आउने गरेको उनले बताईन् । जस्तोसुकै समस्या आएपनि आफुलाई भने कुनै कुरामा कमी नबनाएको उनले बताईन् । पढ्नुपर्छ, ठूलो मान्छे हुनुपर्छ भन्ने उत्प्रेरणा मामाबाट पाएको उनले बताईन् ।

गाउँघरमा छोरीचेलीहरुलाई पढ्नेलेख्ने अनुकुल परिस्थिति त्यति धेरै नहुँदा पनि उनलाई त्यो खालको असहजता भने कहिल्यै आएन् ।

पछि पढेर सरकारी सेवामा लाग्नुपर्छ भनेर प्रेरणा दिइरहने र पढ्न प्रोत्साहित गरिरहने धेरै भएपछि सम्झना पढ्न लेख्न अब्बल रहिन् । छोरी भएकाले घरधन्दा गर्नैपथ्र्यो । तर, पढाईलेखाईमा सम्झौता भने गर्न नपरेको उनले बताईन् । उनले भनिन्, ‘पढ भनेर मात्र हुदो रहेनछ, समस्या भने बुझ्नु पर्ने हुन्छ ।’

सम्झनाको मामा घर उनका मामा बलबहादुर चन्द मात्र कमाई गर्थे । घरका अन्य सदस्य भने कृषि नै गर्ने गरेको उनले बताईन् । एक जनाको कमाईले मात्र कहाँ पुग्छ र ।

थोरै भएपनि जागिर गर्छु भनि ६ हजारमा आफु पनि गाउँकै विद्यालयमा पढाउन लागेको उनले बताईन् ।

तपाईको प्रतिक्रिया