सुर्खेत प्रहरीले छालाको मुद्रा जस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ । भेरिगंगा नगरपालिका–१२ छिन्चु बजारमा रहेको एक होटलको कोठाबाट पुरातात्विक महत्वको त्रिभूज आकारको छालाको मुद्राजस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ बस्ने ३७ वर्षका सोम बहादुर रावल र अछाम कमल बजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३८ का लोकेन्द्र बहादुर शाह रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
रावलले पछाडी बोक्ने कालो झोलाबाट पितल जस्तो टल्कीने धातुबाट माथिल्लो कुना सुर्य बनाएको र तल्लो भागमा ११११ लेखीएको अर्को पितल जस्तै तल्किने धातुबाट माथिल्लो भागमा चन्द्रमा बनाएको र तल्लो भागमा ३ वटा तारा बनाएको त्रिभुज आकारमा छालाको मुद्रा जस्तो देखिने वस्तु एक थान बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए ।
हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
युग संवाददाता । सुर्खेत । २६ माघ २०८०, शुक्रबार १६:४५