स्टेशनरी व्यवसायीको कर्णाली अध्यक्षमा नेपाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिबेशनले कमल नेपालको अध्यक्षतमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शेर बहादुर खड्का, दिद्धिय उपाध्यक्षमा दिल बहादुर बुढाथोकी, सचिवमा चेतन कुमार कंडेल, सहसचिवमा रिम बहादुर केसी, कोषाध्यक्षमा रोसन पा्ेखरेल चयन भएका छन् ।

समितिको नयाँ कार्यसमिति सदस्यहरुमा विजय बस्नेत, डम्बर बहादुर केसी, विष्णु प्रसाद सुवेदी, डम्बर बहादुर केसी चयन भएको छन् । त्यस्तै कर्ण बहादुर केसी, दिल बहादुर थापा, हस्त बहादुर थापा, केशव चौलागाई, लडा रोकाय, दाशिलाल पन्त, लक्ष्मी भाम र लोकेश खड्का चयन भएको स्टेशनरी व्यवसायी सुरेश कुमार भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया