२०८१ चैत्र ४
×

Now Playing

लामाको कृति ‘अमरभूमि’ बजारमा


हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा नरबहादुर लामाको ( जिग्मे ) पहिलो कृति ‘अमरभूमि’ बजारमा आएको छ । दिगो सुख र अमरत्वको खोजीमा एक हिमाली यात्रा वृतान्तका रुपमा लामाको कृति बजारमा आएको हो ।
हिमाली अन्वेषक, समाजसेवी, ध्यान अभ्यासकर्ता लामाको पहिलो पुस्तक ‘अमरभूमि’ वजारमा आएको छ । लेखक लामाले पुस्तक आठौंं शताब्दीको हिमाली क्षेत्रको एक भविष्यवाणीको पृष्ठभूमिमा सुरु गरेका छन् ।

हिमालहरू भित्र लुकेको अलौकिक सुखमय गोप्य क्षेत्रको भविष्यवाणी पनि पुस्तकमा गरिएको छ। सन १९६० को दशकमा सामाजिक उथलपुथलका बीच सुख र अमरत्वको खोजीमा यसलाई पत्ता लगाउने प्रयासहरू भए पनि केवल उपमा वाहेक यो वेयुल, शांग्रिलाको कथा गुमनाम वनेको आफुले पाएको लामाले बताए । हिमाली क्षेत्रको एक सुखमय गोप्य क्षेत्र वेयुल, शांग्रिलाको रहस्य खोलिँदै छ। फेरि सन् १९९० को समय सामाजिक, आर्थिक वातावरण बदलिदै, दुःख, चुनौती चुलिँदै जाँदा सुख, अमरत्वको खोजीमा लेखक हिँडेका रहेछन् ।

कहिले एक जिज्ञासु, कहिले पर्यटक पथप्रदर्शक, कहिले विकासे कार्यकर्ता त कहिले एक यायावर उनले हिड्दाको अनुभुति पुस्तकमा उजागर गरेका छन् । पुस्तकको प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला, कैलाश क्षेत्र, देश, विदेशको भूगोलको यात्रासंगै सामाजिक, आर्थिक अवयव केलाउंदै, विकास, समृद्धिमा समाधानहरु खोज्दै गए । पछिल्ला अध्यायहरूमा चिन्तनको गहिराइमा डुबेर सिद्धहरुको वृतान्त, अनि आफ्नो अन्तरमनमा केलाएर हेरे ।

तिनै अनुभूतिहरू संगाल्दै निखारिएर गएको दृष्टिमा, एक सुखी समाज, व्यक्ति, अनि शुद्ध भूमि, वेयुल, शांग्रिलाको मार्ग पहिल्याउने साहस पुस्तकमा गरेका छन् । अमरभूमि हिमाली क्षेत्र भित्र लुकेको अलौकिक सुखमय गोप्य क्षेत्रको रहस्य उजागर गर्ने, हिमालय क्षेत्रको चिन्तन परम्पराको सविस्तारित चित्रण हो । पुस्तकले नेपाली, हिमाली क्षेत्रको साहित्यमा एक विशष स्थान लिने सम्भावना देखिन्छ । २५२ पृष्ठको पुस्तकमा हुम्ला जिल्लासँग सम्बन्धी ६ वटा तस्बिर राखिएका छन् । पुस्तकको पहिलो संस्करण २०८० सालमा प्रकाशित भएको छ । डिजाइन पवस शाक्य, मुद्रण कर्मा प्रेस प्रालि रहेको पुस्तकको मूल्य सात सय राखिएको छ । लामा हाल अमेरिकामा बस्दै आएका छन् ।

लामाको कृति ‘अमरभूमि’ बजारमा

हरियो रुखमै विद्युतको तार