‘आज भोली गैर कलाकारहरुको हावि रहेको छ । १÷२ वटा गीत निकाल्ने, गीत संगीतको बारेमा ज्ञान नभएका, देखासिकीको आधारमा रमाइलोको लागि लागेका कलाकारहरु पनि बजारमा व्याप्त छन् । कलाकारिता कडा साधना र तपस्याबाट मात्र प्राप्त हुने भएकोले यसलाई ख्याल ठट्टाको रुपमा बुझ्नु हँुदैन भन्ने लाग्छ ।’
युगआव्हान दैनिकका लागि धिरन अनुपमले गायक, कलाकार शिव संगितसंग गरिएको कुराकानी ।
आजभोली के गर्दै हुनुहुन्छ ?
म शिव संगीत वीरेन्द्रनगर–७ इत्राम सुर्खेतमा स्थायी बसोबास रहेको छ । विगत १० बर्षदेखी काठमाण्डौमा बसी नेपाली कला, संस्कृती र गीत संगीतको क्षेत्रमा काम गरिरहेको छु,। हिजो आज मेला,महोत्सव तथा विभिन्न साँस्कृतिक कार्यक्रममा उपस्थित हुने र गीत संगीतको रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छु ।
जीवन के हो जस्तो लाग्छ ?
जीवन सुख र दुखको जिवन चक्र हो, कहिले दुख हुन्छ त कहिले सुख तर आफुले गर्ने मेहनत र परिश्रममा भने निरन्तरता चाहिन्छ ।
हजुरको विगतलाई स्मरण गर्दा के थियो ?
हजुर हो पहिले जागीर गर्ने गर्दथे, करिव ७ वर्ष नेपाल इञ्जिनियरिङ शिक्षालय लाटीकोइलीतथा २ बर्ष देउती प्राविधिक शिक्षालयमा पढाउने काम गरेँ र केहि समय समाज जागरण केन्द्र (स्याक) नेपालमा पनि काम गर्ने अवसर प्राप्त भयो ।
मेरो सानैदेखीको गीत, संगीतको झुकाब र विषेश गरी जिल्ला क्षेत्रमा हुने विभिन्न प्रतियोगितात्मक गीत प्रतियोगीतामा प्रथम स्थान हाँसिल हुने र यहाँका साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा अलि बढि व्यस्त हुन लागेपछि अब गीत रेकर्डिङ गर्नुपर्छ भनेर काठमाण्डौ गए त्यसपछि१÷२ गीत हिट भैसकेपछि जागीर छोडी यहि क्षेत्रमा निरन्तर लागि रहेको छु ।
सांगितिक क्षेत्रमा संघर्ष के कसो रह¥यो ?
गीत संगीतमा आउन त मेरो पहिलो पाठशालानै मेरो घर हो किन भने मेरो बुबानै नेपालको वरिष्ठ नृत्य निर्देशक हुनुहुन्छ उहाँकै प्रेरणाले यस क्षेत्रमा आएको हुँ ।
पहिलो पटक राष्ट्रिय वाल गीत प्रतियोगीतामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्न सफल भएँ र त्यसपछि निरन्तर यहि क्षेत्रमा छु ।
मेरो गीत संगीतको पहिलो गुरु मेरो वुवा कुलमान नेपाली, त्यसपछि शास्त्रीय संगीतको गुरु दिनेश गौतम र आधुनिक गीत संगीतमा यज्ञ गिरी लगायत मैले प्रत्येक्ष, अप्रत्यक्ष गीतहरु सुन्दै गाउँदै सिक्दै थुप्रै सर्जक स्रष्टा सबै मेरो गुरुनै हुनुहुन्छ ।
कलाकारको आयस्रोत के हो ? तपाईले पारिश्रमिक कति लिनुहुन्छ ?
गीत संगीतमा अहिलेका कलाकारलाई ठिकै अवस्था छ किन भने अहिले गीत संगीतको प्लाट फर्महरु धेरै छन् । स्टेजकार्यक्रम, मेला–महोत्सव, गीत रेकर्डिङ, युटुव धेरै ठाउँबाट आयस्रोतको बाटो भएकोले पहिले भन्दा अहिलेका कलाकारलाई सजिलो छ ।यतिनै भन्ने छैन प्रोग्राम हेरिकन हुन्छ । मेला महोत्सवमा ३० देखी ५०हजारको विचमा लिने गरेको छु ।
आज भोलीगैरकलाकारहरुको हावि रहेको छ । १÷२ वटा गीत निकाल्ने, गीत संगीतको बारेमा ज्ञान नभएका, देखासिकीको आधारमा रमाइलोको लागि लागेका कलाकारहरु पनि बजारमा व्याप्त छन्।
कलाकारिता कडा साधना र तपस्याबाट मात्र प्राप्त हुने भएकोले यसलाई ख्याल ठट्टाको रुपमा बुझ्नु हँुदैन भन्ने लाग्छ । यस्ता गैरकलाकारले वास्तविक कलाकारलाई खोट लगाउने÷वाइपास गर्ने गरेको पनि देखिन्छ ।
कलाकारिता क्षेत्रको अनुभवन कस्तो रह¥यो ?
तितो अनुभव त त्यस्तो ठुलो केही छैन तर पनि कहिले काँहि वास्तविक श्रष्टाहरुलाई ओझेलमा परेर, सामान्य हिजोआज भाइरलको नाममा जस्तो पनि व्यक्तिलाई चर्चा गराइएको देख्दा दुख लाग्छ । पछिल्लो समय मेरा केहि गीतहरु यहाँहरुले निकै मन पराईदिनु भएको छ । अझै मैले सोचेको जस्तो परिकल्पना गरेको जस्तो गीतहरु बजारमा ल्याउन सकेको छैन ।
कहिले अडियो राम्रो हुन्छ भिडियो सोचेको जस्तो हुँदैन कहिले प्राविधिक रुपमा राम्रो काम गर्न पाईदैन । अडियो भिडियो बजारमा ल्याउन धेरै पैसा खर्च हुन्छ र गीत चल्ने भन्ने ग्यारेन्टी पनि हँुदैन । तर पनि जसो तसो हामीले बनाएका सृजनाहरु यहाँ सबै भगवानरुपी दर्शक स्रोताले मन पराई दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।
कलाकार बन्न चाहने युवालाई के भन्नुहुन्छ ?
कलाकार बन्न अहिलेको अवस्थामा निकै सजिलो छ । सबैको हातहातमा मिडिया छ । घरमै बसीवसी संसार भर आफनो प्रतिभा देखाउन सक्नुहुन्छ तर राम्रो कलाकार बन्न र त्यसमा टिकिरहन धेरै गाह्रो छ । गीत संगीतमा लागेपछि पेसेवर कलाकार भएर मात्र आफनो जिवन यापन गर्न र त्यसलाई निरन्तरता दिन सकिन्छ । पेसेवर कलाकार हुनका लागि हिट गीतहरु दिनुपर्ने हुन्छ ।
आज भोलीयुटुवको भ्यूको आधारमा चर्चाको आँकलन गरिन्छ र त्यसैको आधारमा गीतलाई व्यवसायिक रुपमा सफल मानिने हुनाले पेसेवर कलाकार हुन निरन्तर काम गरिरहनु पर्ने हुन्छ किन भने गायन, संगीत गरेका सबै गीत हिट हुन्छ भन्ने हँुदैन त्यसैले । असन्तुष्टी भन्ने कुरा आफुमा भर पर्ने कुरा हो आफुले हरेक कुरालाई कुन रुपमा लिइन्छ कसरी लिईन्छ त्यसमा भर पर्छ ।
कहिले काहि धेरै मेहनत गरेका गीतहरु गुमनाम हुन्छन कहिले काहि सामान्य रुपमा बनाइएका गीत, संगीतले बजार तताउँछन यस्तैहो । कहिले काहि बेस्सरी असन्तुष्टि भईन्छ कहिले सन्तुष्ट ।
स्थानीय र राष्ट्रिय कलाकार भनेर छुट्याइन्छ नि ?
त्यसमा चित्त दुखाई केहि छैन, तर राष्ट्रिय रुपमा ख्याति कमाएका देश तथा अन्तर्राष्ट्रिय रुपमा गीत संगीतले चर्चा पाएका व्यक्तिलाई राष्ट्रिय भनिने हो मेरो विचारमा । काठमाण्डौमा बस्दैमा सबै राष्ट्रिय हुन्छन भन्ने चाहि होइन ।
जिल्लामा बसेर पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको व्यक्ति छ भने उ पनि राष्ट्रिय हो । पहिला स्थानीय रुपमा संघर्ष मेहनत गरेरपछि राष्ट्रिय ख्याती चर्चा कमाउनुनै राष्ट्रिय हुने भएकोले त्यसमा दुख मान्नु पर्ने केहि छैन ।
मेला, महोत्सव किन आवश्यक छ ?
हामी कलाकारको हैसियतले भन्नु पर्दा सकेसम्म धेरै भन्दा धेरै मेला, महोत्सव, कार्यक्रमहरु होस भन्ने हो । स्थानीय स्तरमा हुने मेला महोत्सवले त्यहाको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रलाई प्रर्वद्धन गर्ने काम गर्दछ त्यसैले यस्ता महोत्सव हुनु पर्दछ ।
कलाकारितामा राज्यको के भूमिका हुनुपर्छ ?
कला साहित्य जर्गेना गर्नको लागी राज्य स्तरबाट महत्वपूर्ण योगदान दिनु पर्दछ । कर्णाली आफैमा अथाह सँस्कृति भएको ठाउँ हो । यहाँका गीत संगीतले राष्ट्रिय स्तरमा दर्जनौ पटक उत्कृष्ट स्थान हाँसिल गरेको सबैलाई अवगत नै छ ।
सबै प्रदेशमा गीत, संगीत साहित्य प्रवद्र्धनको लागी प्रज्ञा प्रतिष्ठान स्थापना भएका छन् तर कर्णालीमा भएको पाईदैन त्यसैले यहाँको सरकारले पनि छिटो भन्दा छिटो यो कार्य अगाडी बढाउन अनुरोध गर्दछु । जिल्ला क्षेत्र र राष्ट्रको पहिचानको लागी कला साहित्यमा राज्य स्तरबाट लगानी हुनु पर्दछ ।
अन्तमा तपाईको केहि भन्नु थियो कि ?
हार्दिक धन्यवाद धिरेन जि र युगआव्हान दैनिकलाई यो अवसरका लागि । अन्तमा गीत संगीतको माध्यमबाट जिल्ला र यस क्षेत्रको पहिचान प्रवद्र्धनको लागी निरन्तर रुपमा लागी रहेको छु । हामी यस क्षेत्रका कलाकार भएको हुनाले राज्यले यस क्षेत्रको पर्यटन,संस्कृतीको प्रवद्र्धनको लागी हामीलाई प्रयोग गर्न सक्नु पर्दछ ।
धिरेन अनुपम । सुर्खेत । २८ फाल्गुन २०८०, सोमबार १२:३३