डोल्पामा संरक्षित वन्यजन्तु झारल काट्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–९ का ३६ वर्षीया लक्ष्मी नारायण पुनलाई झारल काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पुनलाई प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी नायव निरीक्षक रमेश सिंह ठकुरीको नेतृत्वमा गएको टोलीले खुकुरीसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले घटनास्थलबाट बरामद भएको हतियारसहित सबै प्रमाणहरू जिल्ला वन कार्यालय डोल्पालाई बुझाइएको बताए ।
डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन रावतले संरक्षित वन्यजन्तु भाग लगाउँदै गरेको घटनामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले ल्याउँदै गरेकाले पुगेपछि मात्र अनुसन्धान सुरु गरिने बताए ।
युग संवाददाता । डोल्पा । १२ चैत्र २०८०, सोमबार १८:१४