सम्पादकीय: बैंक खाता छोरीको हचुवा घोषणा, कछुवा कार्यान्वयन
बैंक खाता छोरीको सुरक्षा जिवनभरीको नारा दिएर २०७६ साउनपछी जन्मिएका छोरीको लागि पालिकाको सिफारिसमा खाता खोली खातामा सुरुको खाता खोल्दा रु. १०००।– सरकारले हालिदिने र त्यसपछी निरन्तर मासिक रु. ५००।– का दरले ति खाता खोलिएका छोरीहरुको खातामा जम्मा गरिदिने योजना ल्याएको थियो ।
सोही अनुसार सुरुका दुई आर्थिक बर्षमा सोही बमोजिम कार्यक्रम पनि भयो छोरीका खातामा पैसा पनि गयो । राज्यले २ आर्थिक बर्षमा गरेर १९ करोड रकम त्यो शिर्षकमा खर्च गरेको देखिन्छ । सत्तामा पुगेपछी सबैलाई चाहिने सस्तो लोकप्रियता हो । त्यही अन्तर्गतको कार्यक्रम हो छोरी खातावाला पनि । न विधि छ, न विधान छ न कसले गर्ने ? स्रोत के हो ? दिगोपना के हो ? प्रभावकारिता के हो ? जवाफदेही निकाय को हो ? त्यो कन्फर्म छ । छ त केवल मेरा पालामा गरेको गजब काम भन्ने उसलाई पछिसम्म चाहियो ।
कार्यक्रम असाध्यै राम्रो हो जसका बाआमाले वार्षिक रु.६०००।– रुपैयाँ पनि नगदका रुपमा जम्मा गरेर छोरीको भविष्य उज्वल बनाउने अवस्था रहन्न तिनिहरुका लागी यो कार्यक्रम । तर योजना अस्तव्यस्त र भद्रगोल भयो । छुट्याएको बजेटसम्म खाता खोलेका छोरीको खातामा हाल्न नसक्ने कार्यक्रम चलाए झैं देखाएर जिस्काए झैं गरियो । न तयारी गरियो, न विधि, निति बनाईयो । बनाई यो त तामझामका साथ, सस्तो लोकप्रियताका लागि नाम र लथालिङ्ग काम । सफल गराउने योजना बिनाका यस्ता कार्यक्रमले नाफा भन्दा क्षति धेरै हुन्छ भन्ने यिनले कहिले बुझ्लान र कुन्नी ? यसरी जिम्मा लिन नसक्ने तर घोषणा चाही सनकका भरमा गर्ने नेता र नेतृत्वले त्यसको जिम्मा दिने कि नदिने ?
सपना देखाएर खाता खोलिएका तर खातामा पैसा जम्मा नगरिएका छोरीका खातामा हाल्ने पैसा तत्कालिन त्यो नेतृत्वसंग असुल गर्ने कि नगर्ने ? काम गर्न सक्ने अवस्था थिएन भने कार्यक्रम हचुवाको भरमा घोषणा किन गरे त्यसको जवाफ दिनु पर्दैन तत्कालीन नेतृत्वले ? हरेक कार्यक्रम गर्दा सुरुमा त अध्ययन, अनुसन्धान, प्रभावकारिता, दिगोपना, साधन–स्रोत लगायतका कुरामा ध्यान दिनु पर्ने कि नपर्ने ? कुर्सि पायो की सस्तो लोकप्रियताका लागि जे पनि निर्णय ठोकिहाल्ने ? अहिलेको अवस्थाको नैतिक जिम्मेवारी यिनले लिने कि नलिने ? भनिरहदा कतिले पो यसरी जिम्मेवारी लिने नैतिकता बचाएका छन् र यिनीसंग अपेक्षा गर्नु । तर पनि अरु जस्तै बन्नलाई आफु छुट्टै खत्रा देखाउनलाई ठेला न टुप्पाका योजना ल्याउने चांही किन ?
यसरी कुनै पनि कार्यक्रम घोषणा गर्दा, सुरुवात गर्दा आउने चुनौती के हुन ? भोली आफु त्यही पदमा नरहँदा पनि कसरी कार्यक्रम निर्वाध अगाडी बढ्न सक्छ । त्यो कुराको पूर्व तयारी विना गरिएको कार्यक्रम भएर यसरी अलपत्र परेको हो । नभए त त्यही पैसासंग बाउआमाको छोरी प्रतिको माया सद्भाव र सुन्दर भविष्यका सपना समेत जोडिएका थिए र आशा छ ति छोरीहरुका बाआमालाई अझैं पनि कि त्यो कार्यक्रम पुनःसञ्चालन हुनेछ र छोरीप्रतिका आफ्ना सपना साकार पार्न दरिलो खम्बा बनेर अडिने छ यो कार्यक्रम ।
ऐन, कानून, कार्यविधि बनाएर सकभर स्थानीय तहलाई हस्तान्तरण गरेर त्यहींबाट जम्मा गर्ने व्यवस्था गर्नुपर्छ । प्रदेशमा जन्मिने र जन्मिएका सबै छोरीलाई हैन कुनै निश्चित मापदण्ड बनाएर गरिवी, अभावबाट झेलिएका, पिडामा रहेका छोरीहरुलाई छनौंट गरी अझ भन्दा त निश्चित उमेर, निश्चित समूदाय र परिवारका छोरीहरुमा यस्ता खालका थुप्रै लगानी गर्नुपर्छ ।