२०८१ चैत्र ४
×

Now Playing

जुम्लामा बजार अनुगमन, केही व्यापारीलाई जरिवाना

बजार अनुगमनका क्रममा जुम्लामा केही व्यापारी जरिवानाको कारबाही गरिएको छ । सदरमुकाम खलंगामा उद्योग तथा किराना पसल अनुगमनबाट मापदण्डविपरीत कार्य गर्ने व्यापारी कारबाहीमा परेका हुन् ।

चन्दननाथ नगरपालिका –५ कालेखोली लाइनका १७ वटा मध्ये केही पसललाई कारबाही स्वरुप ७ हजार रुपैयाँका दरले जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका अधिकृत पंकज दाहालले बताए ।

उनका अनुसार आउदै गरेको नयाँ वर्षलाई लछित गरि बजार अनुगमनलाई तिव्रता दिइएको हो। ‘पटकपटक अनुगमन गर्दा पनि अटेरी बढ्न थालेकाले कारबाही गरिएको हो,’ उनले भने्, ‘विगतमा दिएको चेतावनीलाई अटेरी गरेको पाइयो ।’

कारबाहीमा पर्नेहरु खुल्ला रुपमा सामाग्री बिक्री वितरण गर्ने साथै लेबल नभएका, म्याद गुज्रेका र, बिल बिजक नभएको सामग्री बिक्री गर्नेहरु रहेको अनुगमन टोलीले जनाइएको छ । अस्मिता जनरल स्टोर लगायतलाई ७ हजारका दरले जरिवाना गरिएको छ।अनुगमनका क्रममा व्यवसायीलाई सुझावसहित मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।

उनका अनुसार सुझाव तथा निर्देशन पालना नभएमा अर्को पटकमा पुनः उपभोक्ता हित संरक्षण ऐन २०७७ को दफा ३९ अनुसार कारबाही हुने छ । अनुगमनका क्रममा पसलहरुले प्याकेजिङ नभएको, उत्पादन मिति र उपभोग्य मिति नखुलेका, खाद्यवस्तु खुला रुपमा बेचेको, तथा तौल समेत कम पाइएको आन्तरिक राजश्व कार्यालय जुम्लाका नासु मदन उपाध्यायले बताए ।

१३ हजार ४ सय ३० रुपैयाँ बराबरको अखाद्य सामाग्री नष्ट गरिएको थियोे।पौवा हस्पिटालिटी बाट लेवल नराखेको ३ केजी चाउमिन ३ सय ६०, कैलाश चाउमिन उद्योगबाट ३५ केजी चाउमिन ४ हजार २ सय,मानुसी खाद्य सप्लायर्स चक्लेट,चिया,चिउरा,भुजा,मिक्स मसला,मोर्टिन,बिस्कुट र साबुन ७ हजार १ सय ५०,न्यु प्रकृति जनरल स्टोर एण्ड तरकारी फलफूल देखि चाउचाउ २५ प्याकेट ३ सय ५०,थकाली भान्सा घर एण्ड रेष्टुरेन्टदेखि मसला ३०, अस्मिता जनरल स्टोर बाट पापड,कोक २ सय ९० र जेनिसा खाद्य स्टोर धुलो खुर्सानी १ हजार ५० रुपैयाँ मुल्य बराबरको जफत गरिएको हो।प्रहरी, उद्योग वाणिज्य संघ, प्रहरी,स्थानीय,पत्रकार,उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय, प्रशासनको रोहवरमा नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको संयोजकत्वमा तथअ जिल्ला प्रशासनको समन्वयम अनुगमन गरिएको थियोे । उद्योग बाणिज्य संघ जुम्लाका बरिस्ठ उपाध्यक्ष दिलबहादुर रोकायाका अनुसार चाडपर्वको समयमा अनुगमन गर्ने गरिन्छ । ‘यो सकारात्मक पक्ष हो’, उनले भने, ‘चाडपर्वको समयमा उपभोक्ताहरू नठगिऊन् भनेर तथा अखाद्य वस्तु बिक्री वितरणमा व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको हो ।’

जुम्लामा बजार अनुगमन, केही व्यापारीलाई जरिवाना

YUGAAWHAN NATIONAL DAILY (2080-12-26)